Search
आइत, असार ७, २०८३

माथागढीको १५ सैयाको अस्पताल निर्माण अन्तिममा

पाल्पा – जिल्लाको माथागढी गाउँपालिकाको १५ शैयाको आधारभूत अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले २०७८ जेठ २७ गते प्राकृतिक निर्माण सेवासँग करिब १२ करोड लागतमा २०८१ जेठसम्म सक्नेगरी ठेक्का सम्झौता गरेको भएता पनि ढिलोगरी योजना सम्पन्न हुन लागेको हो । विभिन्न समस्याले आयोजनाको म्याद थपेर २०८३ असारसम्ममा हस्तान्तरण गर्नेगरी काम भइरहेको छ ।

 

समयमै काम सम्पन्न गर्नेगरी निर्माण व्यवसायीले काम गरेको भएपनि एसिका लागि आवश्यक विद्युत क्षमता व्यवस्थापनका लागि समय लागेका कारण अस्पतालबाट सेवा सुुरु गर्न समय लागेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले जानकारी दिनुभयो । उहाँले दुई तले अस्पतालको भवनको सम्पूर्ण काम सकिएकोले सेवा शुभारम्भको अन्तिम चरणमा रहेको बताउनुभयो । जसका लागि प्रदेश सरकारले एक जना चिकित्सकसमेत पठाएको प्रमुख जिसीले जानकारी दिनुभयो ।

 

गाउँपालिका भित्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँच वृद्धिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५, १० र १५ शैयासम्मको अस्पताल नभएका स्थानीय तहमा अस्पतालको भवन बनाउने योजना अनुसार माथागढीमा पनि भवन निर्माण कार्य भएको हो । भवन गाउँपालिकाको ४ नं। वडा झडेवाको साविक स्वास्थ्य चौकी रहेको स्थानमा ९ रोपनी क्षेत्रफलमा बनेको छ ।

 

अस्पतालमा नवौं तहको चिकित्सको नेतृत्वमा ३० जना स्वास्थ्यकर्मीको दरबन्दीबाट सेवा दिने छन् । आधारभूत अस्पतालबाट ओपिडी सेवा, प्रयोगशाला सेवा, एक्सरे सेवा, आयुर्वेद सेवा, दन्त उपचार सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा बिरामी भर्ना र फार्मेसी सेवा उपलब्ध हुने छ । जसले गर्दा सामान्य अवस्थाका बिरामीले औषधि उपचारका लागि तानसेन तथा आसपासका ठूला अस्पतालमा जानुपर्ने अवस्थाको अन्त्य हुने गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । उहाँले गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताउनुभयो । अस्पतालबाट सेवा सुरु भएपछि गाउँपालिकाका झडेवा, गोठादी, हात्तिलुङ, रहवास, बहादुरपुरका सबै र कसेनीको केही भागका नागरिकलाई फाइदा पुग्ने अध्यक्ष चिदीले बताउनुभयो ।

पछिल्लो समय आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मा स्थानीय सरकारमा छ । सोही अनुसार गाउँपालिकाले नागरिकलाई अनुभूति हुनेगरी स्वास्थ्य क्षेत्रमा लगानी गरिरहेको गाउँपालिका प्रवक्ता शंकर दर्लामीले बताउनुभयो । माथागढी गाउँपालिका अहिले भित्र ७ वटा स्वास्थ्य चौकी र ७ ओटा सामुदायिक स्वास्थ्य एकाईबाट स्वास्थ्य सेवा प्रवाह भैरहेको छ ।

 

अहिले १ नं। वडा चिदीपानी, २ नंं वडा रुप्से, ३ नं। वडा कसेनी, ७ नं। वडा रहवास र ८ नं। वडा बहादुरपुरमा सुविधा सम्पन्न भवनबाट सेवा उपलब्ध छ । यस्तै ४ नं। वडामा अस्पताल रहेको छ भने ५ र ६ नं। वडामा आफ्नै भवन नभएकोले निर्माण गर्नका लागि जग्गा व्यवस्थापनको प्रकृयामा अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।