Search
मङ्ल, असार ९, २०८३

बेमौसमी तरकारी खेतीबाट आत्मनिर्भरताको बाटोमा माथागढी रुप्सेका किसान

पाल्पा। माथागढी गाउँपालिका–२ रुप्सेका कृषकहरू यतिबेला व्यावसायिक तथा बेमौसमी तरकारी खेतीमा सक्रिय देखिएका छन् । कृषि पेशालाई आयआर्जनको मुख्य आधार बनाउँदै यहाँका कृषकहरू आत्मनिर्भरतातर्फ उन्मुख भएका छन्।

पछिल्लो समय रुप्से क्षेत्रमा तरकारी खेतीप्रति युवादेखि ज्येष्ठ नागरिकसम्मको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। रुप्सेका ८६ वर्षीय अनुभवी कृषक बलराम रेग्मीदेखि २५ वर्षीय युवा तोपबहादुर ढेंगासम्म व्यावसायिक तरकारी खेतीमा संलग्न छन्। त्यस्तै दामोदर घर्ती, कृष्ण भट्टराई, गणेश रुचाल, शान्ती कोइराला, केशव सारु, कमल सूर्यवंशीलगायतका कृषकहरूले तरकारी, च्याउ तथा पुष्प खेतीमार्फत आर्थिक उन्नती गरिरहेका छन्।

 

अन्य धेरै कृषकहरू पनि सानो वा ठूलो परिमाणमा व्यावसायिक खेतीमा जोडिएका छन्। रुप्सेका वडा सदस्य यानसिंह थापा पनि जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषि कर्ममा सक्रिय हुनुभएकाे छ। वडाको कामकाज र समाजसेवापछि बाँकी समय आफ्नै बारीमा बिताउने उनी मौसमी तरकारी तथा पुष्प खेतीमार्फत मेहनती र नमुना जनप्रतिनिधिका रूपमा परिचित बनेका छन्। माडी कृषि सहकारीका सचिव कृष्ण भट्टराईका अनुसार चैत–वैशाख महिनामा भक्तपुरे काक्रा तथा फर्सीको मन्टा उत्पादन हुने गरेको छ भने जेठ महिनादेखि लौका, घिरौंला, करेला, सिमी, बोडी, टमाटर र खुर्सानीको उत्पादन तथा बिक्री उल्लेखनीय हुने गरेको छ। यसका साथै आँप, लिच्ची र कटहरसमेत बजारमा पठाइने गरिएको छ। कृषकहरूलाई बजारीकरणमा सहजता प्रदान गर्न सहकारीले तरकारी संकलन गरी बजारसम्म पुर्याउने व्यवस्था मिलाएको उहाँले रानीमहललाइ बताउनुभयाे ।

 

रुप्सेलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २ बर्ष देखि संचालित छ गत वर्ष १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्षमा ७ लाख रुपैयाँ बजेट छुट्याइएको छ। वडा नं. २ का अध्यक्ष बोमबहादुर ठाडाका अनुसार आगामी वर्ष पनि यस कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ। कृषकका समस्या पहिचान र समाधानका लागि वडा कार्यालय तथा कृषि प्राविधिक टोली निरन्तर सक्रिय रहेको रानीमहलसँगकाे कुराकानीमा बताउनुभयाे । साथै बीउबिजन, फलफूलका बिरुवा तथा धान, मकै र गहुँका बीउ निःशुल्क तथा अनुदानमा वितरण गर्दै युवा कृषकलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए। कृषक समूहका अध्यक्ष गणेश रुचालका अनुसार ४५ सदस्यीय समूहमार्फत तरकारी पकेट क्षेत्र विस्तारको काम भइरहेको छ।

समूहलाई कृषि तालिम, हाते ट्र्याक्टर, स्प्रे मेसिन, थोपा सिँचाइ प्रणाली तथा अन्य कृषि सामग्री उपलब्ध गराइएको छ। यसै समूहका सदस्य कृष्ण कोइराला उत्कृष्ट कृषकका रूपमा छनोट भई गाउँपालिकाबाट पुरस्कृत भइसकेका छन्। १० वर्षदेखि व्यावसायिक तरकारी तथा पुष्प खेतीमा संलग्न शान्ती कोइरालाले कृषि कर्मले आत्मसन्तुष्टि र आर्थिक स्थायित्व दुवै दिएको बताउँछन्। “तरकारी खेतीकै आम्दानीले परिवारको खर्च धानिएको छ। यसै पेशामा रमाइरहेका छौं,” उहाँले भन्नुभयाे ।

 

यद्यपि सिँचाइका लागि पर्याप्त पानीको अभाव अझै मुख्य चुनौतीका रूपमा रहेको कृषकहरूको गुनासो छ। स्थानीय सरकारको सहयोग, कृषकहरूको मेहनत र आधुनिक कृषि प्रविधिको प्रयोगसँगै रुप्से क्षेत्र व्यावसायिक तरकारी उत्पादनको केन्द्रका रूपमा विकास हुँदै गएको छ। कृषिप्रति बढ्दो आकर्षणले गाउँमै रोजगारी सिर्जना गर्नुका साथै आत्मनिर्भर ग्रामीण अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।