Search
शुक्र, असार ५, २०८३

माथागढीका विद्यालयको सामाजिक परियोजना कार्यको प्रर्दशनी

पाल्पा – जिल्लाको माथागढी गाउँपालिका भित्रका विद्यालयको सामाजिक परियोजना कार्यको प्रर्दशनी गरिएको छ । दिव्यज्योति माध्यमिक विद्यालयमा गरिएको प्रर्दशनी कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष यमबहादुर चिदीले पालिकाले तीनवर्षदेखि विभिन्न विद्यालयहरुमा सामाजिक परियोजना कार्यक्रमको लागि बजेट विनियोजन गरेर अन्तरक्रिया, छलफल सहित विद्यालयमा विद्यार्थीले तयार गरेको कार्यक्रमको प्रर्दशनी आयोजना गरिएको बताउनुभयो ।

उहाँले विद्यार्थीले सामाजिक परियोजना कार्य मार्फत समुदायमा पढ्दै सिक्दै, सामाजिक समस्या समस्या समाधान, बालविवाह न्यूनिकरण, फोहोरमैला व्यवस्थापन लगायतको क्षेत्रमा काम गरेको भन्दै विद्यालय र विद्यार्थीलाई धन्वयवाद दिनुभयो । उहाँले पालिकाले शैक्षिक गुणस्तर सुधारमा विभिन्न कार्यक्रम संचालन गरेको बताउदै व्रिटिस काउन्सिसँगको सहकार्यमा विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई कार्यक्रमहरु गरिएको र त्यसको प्रभाव देखिन थालेको बताउनुभयो ।

 

सामाजिक विकास समितिका संयोजक तेज बहादुर घर्तीले विद्यार्थीले गरेको कामको सबैले प्रत्यक्ष अवलोकन गर्न पाउँदा अन्यलाई समेत सिकाई भएको बताउनुभयो । सक्षम कार्यक्रमको फोकल पर्सन लोकेन्द्र थापाले विभिन्न विद्यालयको सामाजिक परियोजना कार्यको प्रर्दशनीले सिकाईलाइ दिगो बनाउन सहज हुने बताउनुभयो ।

 

कार्यक्रममा गाउँशिक्षा समितिका सदस्य कृष्ण प्रसाद खनालले विद्यार्थीले गरेको कामको प्रगति प्रतिवेदन सहितको कार्यक्रमले सामाजिक सिकाईमा सहयोग गरेको बताउनुभयो ।

 


पालिकाले शैक्षिक विकासमा विभिन्न कार्यक्रम ल्याएको बताउँदै आगामि दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
आधारभूत र माध्यमिक तहका २५ बढी विद्यार्थीहरुले आफूले गरेको परियोजना कार्यसँग सम्बन्धित विषयवस्तुहरुको प्रर्दशनी गरिएको हो । यसैविच वडा नं. ३ को सहयोगमा खाना महोत्सव समेत गरिएको छ । दिव्यज्योति माविका विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम समेत गरिएको वडा अध्यक्ष तेज बहादुर घर्तीले रानीमहललाई बताउनुभयो ।

 


घर्तीको अनुसार विद्यालयमा नमुना कार्यक्रम समेत संचालन भएकोले वडाले समेत विद्यालयको शैक्षिक र भौतिक सपकासमा निरन्तर सहयोग गर्दै आइरहेको बताउनुभयो ।

 

कार्यक्रम शिक्षा शाखा प्रमुख प्रकाश पाठकले विद्यालयलाई पालिकाले न्यून रकम दिएपनि धेरै राम्रो परियोजना कार्यक्रम गरेको बताउनुभयो । विद्यालयका विद्यार्थीहरुले बाँसको सामग्री, कुचो, विभिन्न शैक्षिक सामग्री, सडक नाटक, चेतनामुलक पर्चा पम्प्लेट लगायतका सामग्रीहरु प्रर्दशनीमा राखिएको थियो ।

 

विद्यालयमा बढ्दै सिक्दै सामाजिक कार्य गर्न पाउँदा व्यवहारिक ज्ञान सँगै सीप विकासमा समेत सहयोग गरेको सिद्धार्थ माविका छात्रा अनिशा थापाले बताउनुभयो । उहाँले विद्यालयमा हराउँदै गएको परम्परागत सीप बाँसको डोको र कुचो बुन्ने प्रविधि सिकेर प्लाष्टिक न्यूनिकरण र वातावरण सँंरक्षण अभियानमा सहयोग गरेको बताउनुभयो ।

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।