Search
सोम, असार १५, २०८३

उपभोक्ताको श्रमदानबाट निर्माण भयो माइलाचौरमा पुल

पाल्पा– जिल्लाको माथागढी ६ गोठादी माइलाचौरमा पुल बनेसँगै स्थानीयहरुलाई सहजता भएको छ । यहाँको रहवास खोलामा पुल नहुँदा वर्षातको समयमा खोलाको भेलसँगै यात्रा गर्न बाध्यता रहेको थियो । गोठादीको मइलाचौर, सातपोखरी, सानेपोखरी तथा रहवासको चिर्तुङ्ग, टिमुरधारा लगायतका स्थानीयलाई यहाँ पुलबनेसँगै सहजता भएको छ । माथागढी गाउँपालिकाको आ.व. २०८२।०८३ को विनियोजित ४ लाख र उपभोक्ताको करिब ११ लाख बढी श्रमदान रकमबाट पुल निर्माण गरिएको हो ।

 

यहाँ पुल निर्माणको लागि गाउँलेहरुले ११ लाख बढीको श्रमदान गरेको गाउँका अगुवा यमबहादुर गाहाले बताउनुभयो । पालिकाको बजेट न्यून भएता पनि गाउँलेहरुले अथाह मेहनत र श्रमदानबाट करिब १५ लाख बराबरको पुल निर्माण भएको छ, स्थानीय समाजसेवी गाहाले भन्नुभयो यतिको निर्माण अन्य क्षेत्रबाट भएको भए सम्भव रहेको थिएन।

 

खोलाले २०८१ असार २२ गते स्थानीय रिमादेवी रानालाई बगाएपछि स्थानीयहरुले खोलामा पुलको आवश्यकता रहेको र वडा तथा पालिकाले पहल गर्न माग गरेका थिए । ६ मिटर लम्वाई र ४ मिटर चौडाईको पुल निर्माण भएसँगै अहिले गाडी तथा पैदलयात्रीलाई समेत सहज भएको स्थानीयबासिन्दा तथा उपभोक्ता समितिका अध्यक्ष खेमीसरा शाहीले रानीमहलाई बताउनुभयो । शाहीका अनुसार स्थानीय प्रत्येक घरधुरीले दैनिक १ महिना बढी श्रमदान गरेर बजेट भन्दा धेरैको पुल निर्माण गरिएको छ ।

 


पुलमा अहिले स्थानीय युवायुवतीहरु टिकटक बनाउने, फोटो खिच्नेको समेत भिड लाग्ने गरेको छ । उपभोक्ता समितिका कोषाध्यक्ष भीम बहादुर शाहीका अनुसार ११ लाख १५ हजार ६ सय ४० बराबरको जनश्रमदान खर्च भएको बताउनुभयो । उहाँले गाउँलेले आफूले नै प्रयोग गर्ने पुल भएको र पुल नहुँदा समस्या भएको सम्झिएर स्वस्फुर्त रुपमा श्रमदान गरेको बताउनुभयो ।

 

गाउँका ३६ घरधुरीले ३५ दिनसम्म अर्ददक्ष ९ लाख ३८ हजार ७ सय बरावरको र अदक्ष ५ जनाले ३६ दिनसम्म १ लाख ७६ हजार ९ सय ४० बराबरको जनश्रमदान गरेको समितिका सचिव खिना शाहीले बताउनुभयो । गाउँलेले मेटरियलहरु करिब ४ लाख बराबरको श्रमदान गरेका छन् ।

 


गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले माइलाचौरको उपभोक्ताको श्रमदान पालिकाभरकै उदारणीय र नमुना भएको बताउनुभयो । उहाँले उपभोक्ताको मेहनत र श्रमप्रतिको लगावको कारण पुल निर्माण सहज भएको बताउनुभयो ।

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।