Search
मङ्ल, असार १६, २०८३

माथागढी गाउँपालिकाको पहलमा खानेपानीको पहुँचमा बादुरटोल

पाल्पा – माथागढी गाउँपालिका वडा नं. ७ को दुर्गम बस्तीको रुपमा रहेको रहवास वादुरटोलमा खानेपानीको पहुँच पुगेको छ । माथागढी गाउँपालिकाको आ.व. २०८२।०८३ मा विनियोजित ६ लाख रुपैंया बराबरको बजेट र स्थानीय उपभोक्ताहरुको श्रमदानमा खानेपानी आयोजना सम्पन्न भएको हो ।

 

खानेपानी अभावमा स्थानीयहरुलाई समस्या रहेको र गाउँबाट टाडा लिनजानुपर्ने बाध्यता रहेकोमा खानेपानी आयोजना निर्माणसँगै एक घर एक धारा जडान भएको छ ।
बादुर खोला सोलार लिफटिङ्ग खानेपानी आयोजना मार्फत गाउँका ३० घरधुरी र एक चर्चमा खानेपानी पहुँच पुगेको उपभोक्ता समितिका अध्यक्ष चन्द्र बहादुर सारुले रानीमलहलाई जानकारी दिनुभयो ।

 

 

सारुको अनुसार खानेपानी समस्या वर्षोदेखीको रहेको र डाँडाको बस्ती भएकाले हिउँदको समयमा खानेपानीको समस्या रहेको थियो । गाउँ नजिकै मुल नभएपछि सुरविकगैराबाट लिफिटिङ्ग गरेर पानी ल्याएको हो ।बादुर खोला सोलार लिफटिङ्ग खानेपानी आयोजना मार्फत खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयहरुलाई खानेपानीको लागि सहज भएको स्थानीय उपभोक्ता कृष्ण बहादुर आलेले बताउनुभयो ।

गाउँपालिकाको एक घर एक धारा अभियान अन्तगर्त यहाँको खानेपानीलाई व्यवस्थित गर्नको लागि पालिका स्तरीय बजेट विनियोजन गरेर काम गरिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । भौगोलिक रुपमा टाडा भएता पनि पालिकाले सबैलाई समान तवरले समस्याको आधारमा बजेट विनियोजन गर्ने र सोही अनुसारको कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताउनुभयो ।

 

१ देखि वडा नं ८ सम्म दर्जनौँ खानेपानी आयोजनाहरू सञ्चालनमा

माथागढी गाउँपालिकाका वडा नं। १ देखि वडा नं। ८ सम्म दर्जनौँ खानेपानी आयोजनाहरू सञ्चालनमा आएका छन् । तीमध्ये कतिपय योजनाहरू सम्पन्न भइसकेका छन् भने केही अझै निर्माणाधीन अवस्थामा छन् । गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीका अनुसार यी योजनाहरूले पालिकाभित्रका सयौँ परिवारलाई सुरक्षित र सहज खानेपानीको पहुँच दिलाएका छन् ।

पालिकाभित्र सञ्चालित विभिन्न आयोजनाहरूले ठूलो संख्यामा जनसङ्ख्यालाई समेटेका छन् । माथागढीको वडा नं। १ स्थित बदवारी खानेपानी आयोजनाबाट करिब १०० घरधुरी लाभान्वित भएका छन् भने बाहखोक अर्पिडाँडा दोहोरा खानेपानीले २४० घरधुरीलाई समेटेको छ । यसैगरी, धारादी रुमालडाँडा लिफ्ट खानेपानी आयोजनाले ४० घरधुरीलाई सेवा दिएको छ भने बुढिकोट लिफ्ट खानेपानी आयोजनाबाट ८० घरधुरी लाभान्वित भएका छन् । जाउपोखरा खानेपानी आयोजना भने अहिले निर्माणाधीन अवस्थामा रहे पनि यसबाट करिब ४५ घरधुरी लाभान्वित हुनेछन् । वडा नं। ३ को ओलेस खानेपानी आयोजनाबाट ५५ घरधुरी र सरापकोट खानेपानी आयोजनाबाट ३१ घरधुरी लाभान्वित भएका छन् ।


माथागढी गाउँपालिकाका प्रवक्ता एवं वडा नं। ४ झडेवाका वडाध्यक्ष शंकर दर्लामीका अनुसार झडेवा क्षेत्रमा लिफ्ट प्रणालीमार्फत धेरै बस्तीहरूमा पानी पु¥याइएको छ । गाउँपालिकाले खानेपानीको पहुँच विस्तार गर्न अझै पनि केही महत्वपूर्ण आयोजनाहरू तीव्र गतिमा सञ्चालन गरिरहेको छ । गाउँपालिकाका सब–इन्जिनियर दीपक ध्यारका अनुसार वडा नं। ५ मा बडरडी, कप्टी मौलाथर, पिसेलुङ र माथागढी खानेपानी आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् र यी सबै आयोजनाहरू यसै वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसैगरी, वडा नं। ६ मा अलैचे, ढुङ्ग्रेखोला, पुरनपानी र टोक्लोक्डी खानेपानी आयोजनाहरूको निर्माण कार्य पनि अगाडि बढिरहेको छ । वडा नं। ८ बहादुरपुरमा बेतेनी लिफ्ट खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छ । गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेका अनुसार यी सबै निर्माणाधीन आयोजनाहरू पूरा भएको खण्डमा माथागढीका ९५ प्रतिशत नागरिकमा खानेपानीको पहुँच विस्तार हुनेछ । स्थानीय तह स्थापना भएपछि पालिकाभित्र हालसम्म ३ हजार ६ सयभन्दा बढी धाराहरू जडान भइसकेका छन्, जसबाट १३ हजार ९ सय ३८ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।