Search
बुध, जेष्ठ २७, २०८३

माथागढी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य तीव्र गतिमा

पाल्पा, माथागढी। माथागढी गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। गाउँपालिका वडा नं. ४ झडेवामा निर्माणाधीन उक्त भवनले पूर्णता पाएपछि गाउँपालिकाका सम्पूर्ण प्रशासनिक सेवा एउटै परिसरबाट सञ्चालन हुने अपेक्षा गरिएको छ।

 

यसले स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। निर्माण स्थलमा राखिएको सूचना बोर्डअनुसार “माथागढी गाउँपालिकाको प्रशासकीय भवन निर्माण” शीर्षकको परियोजनाको ठेक्का नम्बर MRM/B/NCB/WORKS/2081-83/06 रहेको छ। निर्माण कार्यका लागि २०८१ साल चैत २२ गते सम्झौता गरिएको हो भने २०८३ साल चैत २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परियोजनाको अनुमानित लागत ९ करोड ५५ लाख ८ हजार ९ सय ९७ रुपैयाँ रहेको छ भने ठेक्का सम्झौता रकम ६ करोड ७६ लाख ८५ हजार ४ सय ८८ रुपैयाँ रहेको सूचना बोर्डमा उल्लेख गरिएको छ। निर्माणको जिम्मा नेरिसा–जेसिका–साहिल जेभी, बौद्ध, काठमाडौंले पाएको छ।

हाल भवनको भुइँतला तथा माथिल्ला तलाका ढलान, गाह्रो लगाउने लगायतका संरचनात्मक निर्माण कार्यहरू निरन्तर रूपमा अघि बढिरहेका छन्। गाउँपालिका अध्यक्ष यम चिदी का अनुसार आधुनिक सुविधासम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि सेवाग्राहीलाई एउटै स्थानबाट छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन थप सहज हुनेछ।

 

हाल विभिन्न स्थानबाट सञ्चालन भइरहेका शाखा तथा सेवा केन्द्रहरू एउटै परिसरमा केन्द्रित हुँदा सेवाग्राहीको समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ। अध्यक्ष चिदीले भवन निर्माणले स्थानीय सरकारको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार आधुनिक पूर्वाधारसहितको प्रशासकीय भवन स्थानीय सरकारलाई दीर्घकालीन रूपमा सबल र व्यवस्थित बनाउन महत्वपूर्ण आधार बन्नेछ।

 

 

निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न गाउँपालिका र निर्माण कम्पनीबीच नियमित समन्वय तथा अनुगमन भइरहेको जनाइएको छ। भवन निर्माण सम्पन्न भएपछि माथागढी गाउँपालिकाले आफ्नै आधुनिक प्रशासनिक केन्द्रबाट नागरिकलाई थप प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।