Search
शनि, मंसिर २७, २०८२

सार्वजनिक स्थलवरपर सूर्तिजन्य पदार्थ बेचे कारवाही !

पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाले सार्वजनिक स्थलवरपर सुर्ति तथा मदिराजन्य पदार्थको खरिद विक्री गर्ने कार्य रोक्न अनुरोध गरेको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ११ बमोजिम १८ वर्ष उमेर नपुगेको व्यक्तिलाई र गर्भवती महिलालाई र शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाजाश्रम, अनाथालयको कम्तिमा एक सय मिटर भित्रको घर पसलबाट सुर्तीजन्य पदार्थ विकी वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाईने कानुनी व्यवस्था रहेकोले सोही अनुसार गर्न अनुरोध गरेको छ ।

उमेर नपुगेको नावालकरनावालिक व्यक्तिले मदिराजन्य पदार्थ सेवन, लागु पदार्थ सेवन गर्न, बिक्री वितरण गर्न र बोसार पसार गर्न नपाउने गरी निषेध गरिएको छ । विद्यालय पढ्ने उमेरका बालबालिका छात्र छात्रा कुलतमा लागी स्वास्थ्य,धनमा हुने नोक्सानी एवं पारिवारिक सम्बन्धमा खतत हुन नपालीस, अध्ययनमा समस्या नजराजोस र अपराधिक गतिविधिमा संलग्न नहोउन र सभ्य सुसंस्कृत समाज निर्माण गर्न सकियोस् भनी यस किसिमको कानुनी व्यवस्था गरिएको हो ।

 

यस जिल्लाका कतिपय स्थान, पसलहरुमा परतो कानुनी व्यवस्था उल्लंघन भएको भनी सूचना तथा जानकारी र उजुरी प्राप्त भएकोले कानुनले निषेध गरेका यस्ता कार्यमा कोही संलग्न नहुनु हुन र व्यापारी, व्यवसायी र पसलेहरुले उक्त दुरी र लक्षित उमेरका व्यक्तिलाई सुर्तीजन्य र मदिराजन्य तथा लागु औषधजन्य पदार्थ विकी वितरण नगर्न नगराउनुहुन यो सूचना प्रकाशन गरिएको छ ।

 

यो कानुनी व्यवस्था उल्लंघन भए नभएको विषयमा सुरक्षा निकाय र अन्य माध्यमबाट समेत सुक्ष्म निगरानी एवं अनुगमन गरिनेछ । यदि कसैले कानुनी व्यवस्था विपरित कार्य गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने व्यहोरा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।