Search
मङ्ल, माघ २७, २०८२

सङ्घर्षमै आनन्द लाग्छ : लिलासरा चिदी’

रेखीराम राना

पाल्पा – बिहान उठेपछि घरभित्र र बाहिरको सरसफाई । भान्साको काम । तीन सन्तानको हेरचाह । दिउँशो खेतबारीको काम । बेलुकी भान्छाको काम र छोराछोरीको हेरचाह सकेर आराम । प्रायः यही काम सकेर बित्ने गरेको छ माथागढी–३, की लिलासरा चिदीको दैनिकी । घरको जिम्मेवारीसँगै उहाँको थप जिम्मेवारी पनि छ । चिदीले माथागढी गाउँपालिकाको कार्यपालिका सदस्यको रुपमा भूमिका निर्वाह गर्नुपर्छ ।
घरभित्र, बाहिर र सामाजिक काम सक्न उहाँ बिहान ४ बजे उठ्नुहुन्छ । बिहान घरको सरसफाई सकेर भान्साको काम सकेर सन्तानलाई पढाउने, नास्ता/खाना खुवाउने र विद्यालय पठाउने गर्नुहुन्छ । यतिले मात्र हुँदैन, उहाँले फेरी घरभित्रको काम सकेर खेतबारीको कृषि कर्ममा पनि सक्रिय हुनपर्छ । केटाकेटी साना हुँदा धेरै नै दुख पाइयो अहिले ठूला हुँदै गए, यसैमा खुसी लाग्छ ।
वि.स. २०६४ सालमा उहाँको बिवाह भएपछि उहाँले दैनिकी यसैगरी बिताउनुभएको छ । घरको जिम्मेवारी थपिँदै जाँदा उहाँले केही आम्दानी गर्ने माध्यम् खोज्नुभयो । उहाँले सिलाई कटाइ पसल चलाउनुभयो । त्यसले उभो नलागेपछि नास्ता पसल चलाउनुभयो । नास्ता पसलले उहाँलाई आर्थिक रुपमा केही सबल बनायो । त्यसबाट भएको आम्दानीले उहाँले घरको खर्च र आफ्नो खर्च पु¥याउनुभयो ।
श्रीमान् नेपाली सेनामा कार्यरत भएपनि उहाँलाई घरको जिम्मेवारी घटेन । बिहानदेखि राति नसुत्ने बेलासम्मको सङ्घर्षले उहाँले घरको जिम्मेवारी कुसलतापूर्वक निभाउनुभयो र सँगै सामाजिक काममा पनि लाग्नुभयो । वि.स. २०७२ सालदेखि समाजमा आफूले पनि केही सामाजिक काम गर्न सक्छु भन्ने लागेर उहाँ नमुना महिला अधिकार मन्चमा लाग्नुभयो र अध्यक्ष बन्नुभयो ।
घरको जिम्मेवारीले समाजमा परेको जिम्मेवारीपनि कुसलतापूर्वक निभाउन सक्छु भन्ने आत्मविस्वासले उहाँ अध्यक्ष बन्नुभयो र त्यसैको जगमा उहाँ अहिले गाउँपालिकाको कार्यपालिका सदस्य बन्न सकेको उहाँको भनाइ छ । नमुना अधिकार मञ्चको अध्यक्षको भूमिका निर्वाह गर्दा आफूले समाजको नेतृत्व गर्न, आफ्ना कुरा राख्न सिकेको उहाँ बताउनुहुन्छ । महिलाहरू आबद्ध समूहको नेतृत्व गर्दागर्दै आफूलाई वि.स. २०७९ सालको स्थानीय तहको निर्वाचनपछि माथागढी गाउँपालिकाकाे कार्यपालिका सदस्यको जिम्मेवारी थपिएको उहाँले बताउनुभयो ।
त्यसपछि आफूले थप जिम्मेवारी प्राप्त भएको अनुभूति भएको उहाँको बुझाइ छ । अहिले टोल तथा वडा र पालिकाका विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ । यी सबै जिम्मेवारीले आफूलाई समाजमा अघि बढ्न थप उर्जा मिलेको उहाँ बताउनुहुन्छ ।
सुरुका दिनमा घरको काम, साना सन्तान हुर्काउने जिम्मेवारी, खेतीकिसानीको जिम्मेवारी कसरी निभाउने होला भन्ने हुन्थ्यो उहाँ भन्नुहुन्छ । काम गर्दै गएपछि अहिले सबै काम उत्तिकै अब्बल रुपमा गर्न सिकेकी छु । सङ्घर्षले जीवन अव्वल हुने रहेछ भन्ने सिकेकी छु ।
श्रीमान् नेपाली सेनामा पेन्सन पकाएर हाल वैदेशिक रोजगारीमा हुनुहुन्छ । श्रीमान् नेपाली सेनामा कार्यरत रहेका बेला र अहिले वैदिेशिक रोजगारीमा रहँदा पनि उहाँले दिनुभएको उत्प्रेरणाले आफूलाई ठूलो सहयोग मिलेको उहाँले बताउनुभयो । अहिले पनि घरको सबै काम सकेर सामाजिक काममा पनि उत्तिकै सक्रिय हुन्छु, सामाजिक काममा लाग्दा श्रीमान्को निकै सहयोग र प्रेरणा पाएकी छु उहाँ थप्नुहुन्छ ।
समय मिलाएर घरभित्र बाहिरको काम सकेर पालिका, विभिन्न सङ्घ संस्था, समूहको बैठक, भेला, कार्यक्रममा जाने गरेकी छु उहाँले भन्नुभयो । घरको जिम्मेवारी आफैँले निर्वाह गर्नुपर्दा बिहान छिटो उठ्छु । राति ढिला सुत्छु । यसैमा सन्तुष्ट छु उहाँले भन्नुभयो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।