Search
शनि, माघ १०, २०८२

शैक्षिक गुणस्तर वृद्धिको लागि पालिका प्रतिवद्ध छ : अध्यक्ष चिदी

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका वडा नं. ७ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले शैक्षिक गुणस्तर अभिवृद्धिको लागि शिक्षक अभिभावक, विद्यार्थी र सरकारबीचको समन्वयमा सहज हुने बताउनुभयो । उहाँले समाज विकासको लागि शिक्षा स्वास्थ्यमा सुधार हुनुपर्ने भएकाले सामाजिक रुपान्तरणको लागि शिक्षा अपरिहार्य रहेको बताउनुभयो ।

 

अभिभावकहरु शिक्षित भएमा समाजसँगै देश विकासमा समेत सहयोग गर्ने भएकाले सबै बालबालिकालाई विद्यालय पठाउने, विद्यालयमा पुगेर शैक्षिक गतिविधिको बारेमा बुझ्‌ने गर्नुपर्ने बताउनुभयो । उहाँले माथागढी गाउँपालिकाले बालमैत्री पालिका निर्माणको अभियानमा लागेको बताउदै २० वर्ष अगाडि विवाह गर्न रोक्न विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । बालविवाह गर्नुभनेको कानूनी र सामाजिक दुबै समस्या हुने भएकाले त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।
माथागढी गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेपनि सिद्धार्थ माविले कक्षा १२ को नतिजामा पालिकामै राम्रो नतिजा ल्याउन सफल भएकोमा विद्यालयका शिक्षक र विद्यार्थीलाई बधाई दिनुभयो ।

 

गाउँपालिकाले शिक्षक तालिम शिक्षक, प्रअ क्षमता विकास, प्रविधिमैत्री शिक्षाको लागि काम गरेको बताउँदै विद्यालयको समस्यामा पालिकाले साथ दिने बताउनुभयो ।
वडा नं. ७ का अध्यक्ष जंग बहादुर दर्लामीले विद्यालयको विकास, शैक्षिक विकासले गाउँको विकासमा सहयोग गर्ने बताउनुभयो ।

 

प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले शैक्षिक नतिजा सुधारमा शिक्षककाे प्रयासमा अभिभावकहरुकाे हातेमालाे आवश्यक रहेकाे बताउनुभयाे । उहाँले अभिभावकले ख्याल गरेमा शैक्षिक गुणस्तर र सिकाइ नतिजा सुधारमा सहयाेग पुग्ने बताउनुभयाे ।

विद्यालयका प्रधानाध्यापक दिल बहादुर थापाले लामो इतिहास बोकेको विद्यालयमा आर्थिक समस्या, विद्यार्थी संख्या घट्दै जाने समस्या रहेकोले त्यसको स्थायी समाधानमा सरोकारवालाहरु चिन्तित हुनुपर्ने बताउनुभयो । उहाँले विद्यालयले विभिन्न आरोह अवरोध पारगर्दै यहाँसम्म आएकोले सहयोगी मनहरुलाई धन्यवाद दिनुभयो ।
अभिभावक भेलाका सहभागिहरुलाई स्वागत गर्दै सहायक प्रअ लिलबहादुर रानाले विद्यालयको विकासमा विद्यालय व्यवस्थापन समिति र अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रकुमार सुनारीको अध्यक्षतामा बसेको भेलामा अध्यक्ष सुनारीले आफ्‌नो कार्यकालमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो ।

 

विद्यार्थी अनिता सारुले अभिभावकको निगरानी शिक्षकको सहजिकरण र विद्यार्थीको लगनशिलता भएमा सफल हुन सकिने अनुभव व्यक्त गर्नुभयाे ।

 

 

कार्यक्रममा शैक्षिक सत्र २०८१ म एसईई र कक्षा १२ उत्र्तीर्ण विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित विद्यार्थीलाई माला, खादा, मायाको चिनो सहित प्रमुख अतिथि पालिका अध्यक्ष यमबहादुर चिदी लगायतका अतिथिहरुले सम्मान गर्नुभयो । यस्तै शैक्षिक सत्र २०८१।०८२ मा एसएलसी परीक्षा कक्षा १२ मा शतप्रतिशत विद्यार्थी उत्र्तीर्ण गराउन सफल शिक्षकहरु नेपाली विषयको लिलबहादुर राना, सामाजिक अध्ययन तथा जीवनउपयोगी सीप र शिक्षा र विकास दुई विषयमा शतप्रतिशत ल्याउने शिक्षक अमृत अधिकारी, ऐच्छिक नेपालीतर्फ देवबहादुर दर्लामी, ऐच्छिक अंग्रेजीमा देवबहादुर गाहा, शैक्षिक मूल्यांकनको अध्ययन गर्ने लाकमाया घर्तीलाई सम्मानपत्र, माला र खादाले सम्मान गरिएको हो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।