पाल्पा – रोटरी क्लव अफ पाल्पा लुम्बिनीको बार्षिक कार्यक्रम अनुसार २०८२ श्रावण १० गते शनिबारका दिन तानसेन नगरपालिका वाड नं ७ अन्तर्गत प्रभास क्षेत्र परिसरमा विभिन्न जातका विरुवाहरुको वृक्षारोपण गरि प्राकृतिक सुन्दरतालाई हराभरा बनाउने उद्धेश्य अनुरुप एक कार्यक्रमका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा क्लबका प्रसिडेन्ट रो. लक्ष्मण कोइरालाले रोटरी बर्ष २०२५/०२६ को योजना अनुरुप संरक्षण सहितको वृक्षारोपण गर्न लागेको जानकारी दिनुभयो । बृक्षारोपण आजको समयमा पर्यावरण संरक्षण र दगिो वकिासको लाग िएक महत्वपूर्ण कदम हो।
जलवायु परविर्तन, वन वनिाश, र वायु प्रदूषण जस्ता समस्याहरूले वश्विलाई चुनौती दइिरहेको बेला, बृक्षारोपणले यी समस्याहरूको समाधानमा ठूलो योगदान पुर्याउन सक्छ। यो कार्यले न केवल वातावरणलाई स्वच्छ राख्छ, बल्क िजैवकि वविधिताको संरक्षण र मानव जीवनको गुणस्तर सुधारमा पन िसहयोग गर्छ भन्ने महत्वलाइृ ध्यानमा राखेर वृक्षारोपण कार्यक्रम गरीयको क्लबका पास्ट प्रेसिडेन्ट रमेश न्यौपानेले जानकारी दिनु भयो ।
वृक्षारोपण पश्चात रोपेका विरुवाहरुको संरक्षण महत्वपूर्ण भएकोले रोपेको विरुवाहरुलाई संरक्षणसहित हुर्काउने प्रतिबद्धता तानसेन नगरपालिका वार्ड नं ७ का अध्यक्ष तथा यसै क्लबका इमिडेट प्रेसिडेन्टरो.प्रदिप खनालले व्यक्त गर्नुभयो ।
वृक्षरोपण कार्यक्रम संयोजक रो.डा.बिलास श्रेण्ठले बृक्षारोपण केवल रूख रोप्ने कार्य मात्र होइन, यो हाम्रो भावी पुस्तालाई स्वच्छ र हरयिाली वातावरणको उपहार दनिे प्रतबिद्धता हो भन्नु भयो।
उक्त कार्यक्रममा तानसेन नगरपालिका वार्ड नं ७ का अध्यक्ष तथा यसै क्लबका इमिडेट प्रेसिडेन्ट रो.प्रदिप खनाल,वृक्षरोपण कार्यक्रम संयोजक रो.डा.बिलास श्रेण्ठ, क्लवका विभिन्न कमिटिका संयोजक, क्लवका रोटरियन सदस्यहरु, ता.न.पा ७ का वार्ड सदस्य शुसिल नेपाल, लगायत रोटर्याक क्लव अफ पाल्पा लुम्बिनीका प्रेसिडेन्ट ,रोट्रयाक्टरहरु साथै स्थानीयहरुको वाक्लो उपस्थिति रहेको क्लबका पब्लिक इमेजका डाइरेक्टर रोटरियन भक्तिराम न्यौपानेले जानकारी दिनुभयो ।




