Search
शनि, माघ १०, २०८२

रामपुरमा कालीगण्डकी नदी किनारैकिनार पैदलमार्ग निर्माण

पाल्पा-  रामपुर नगरपालिकाले कालीगण्डकी नदी किनारैकिनार पैदलमार्ग निर्माण गरेको छ । कालीगण्डकीको ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्वलाई जोगाउँदै पर्यटनसँग जोड्ने लक्ष्यका साथ पैदलमार्ग निर्माण गरेको हो ।

 

आर्थिक वर्ष २०८०/८१ मा वडा नं. १ को स्याउली बजारदेखि विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहुँदै वडा नं. १० को बालासिद्ध मन्दिरसम्म ३४ किलोमिटर लम्बाइको ट्र्याक खोलेको नगरपालिकाले गत वर्ष धार्मिक स्थल पर्यटकीय स्थल क्षेत्रमा दुई हजार ५६७ मिटर ढुङ्गा तथा इँटा राखेर पैदलमार्ग निर्माण गरेको हो ।

 

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले कालीगण्डकीको धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वलाई उजागर गर्न पैदलमार्ग निर्माण कार्य अघिल्लो आर्थिक वर्षदेखि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन प्रवर्धनसँगै कालीगण्डकीको महत्व बुझाउन, आन्तरिक र बाह्य पर्यटकलाई हाम्रो संस्कार र संस्कृतिसँग जोड्न पैदलमार्ग निर्माणको काम अघि बढाइएको छ ।”

 

गत वर्ष सङ्घ सरकारबाट प्राप्त समपूरक अनुदान एक करोड ३५ लाख रुपियाँ र नगरपालिकाबाट एक करोड ३५ लाख गरी दुई करोड ७० लाख रुपियाँ विनियोजन भएको थियो । इन्जिनियर कृष्णबहादुर थापाले विनियोजित बजेटबाट वडा नं. ३ को केलादीमा ५५७ मिटर ढुङ्गा छाप्ने, वडा नम्बर ६ को ज्याग्दीपार्कमा १९१ मिटर ढुङ्गा छाप्ने, तिलकपुरमा ४३२ मिटर इँटा राख्ने, सुन्दर फनपार्कमा १९५ मिटर इँटा राख्ने, वडा नं. ८ स्थित भुजात क्षेत्रमा ६७८ मिटर ढुङ्गा छाप्ने र २१० मिटर इँटा राख्ने र वडा नम्बर १० को शालिग्राम पार्कमा ११४ मिटर ढुङ्गा छाप्ने र नरमदेश्वर मन्दिरमा १९० मिटर इँटा राख्ने कार्य सम्पन्न भएको जानकारी दिनुभयो । ज्याग्दी पार्क, आँपचौर र शालिग्राम पार्कमा प्रतीक्षालयसहित धारा निर्माण र हल निर्माण गरिएको छ ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।