Search
आइत, कार्तिक ३०, २०८२

पुरन शाक्यको बुद्ध–रश्मी कविता संग्रह लोकापर्ण

तानसेन – कवि पुरन बहादुर शाक्यद्वारा लिखित बुद्ध–रश्मी कविता संग्रह लोकापर्ण एक समारोहबीच भव्य रुपले सम्पन्न भएको छ ।

 

यहाँ स्थित पाल्पा उद्योग वाणिज्य संघको हलमा औपचारिक कार्यक्रम अनुसार यस सभाका प्रमुख अतिथि दिलबहादुर शाक्य शिक्षाविदले पानसमा दीप प्रज्वलन गरी समउद्घाटन गर्नुभएको थियो ।
सभाको समुद्घाटन लगतै यस पाल्पा साहित्य समाजमा आवद्ध व्यक्तिहरुबाट स्वागत भाषण कविता संग्रह बुद्धरश्मी माथी समिक्षा चर्चा, कृतिको लोकापर्ण प्रमुख अतिथि लगायत यहाँ मञ्चमा आसिन विशिष्ट व्यक्तिहरुबाट भएको थियो ।

यस कार्यक्रममा कृति कविता संग्रहको लेखक कवि पुरन बहादुर शाक्यद्धारा मन्तव्य, समिक्षक रामप्रसाद अर्याल, शुभकामना मन्तव्यमा शारदा ढकाल नारी श्रष्टा, हरी ढकाल साहित्यकार, बुद्धिप्रसाद शर्मा शिक्षाविद, मेघराज शर्मा पत्रकार सेनानी सहित अन्य अतिथि महानुभावहरुबाट शुभकामना मन्तव्य यस कविता संग्रह बुद्ध रश्मी विमोचन लोकापर्ण गरिमामय कार्यक्रमको आयोजक प्रकाशक पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र्र गोपाल सिंहको शुभकामना, अध्यक्ष पुष्कर अथक रेग्मीबाट सभाको समापन र यसै समाजका सल्लाहकार चित्रबली सुवालबाट धन्यवाद ज्ञापन गर्दै यस कविता संग्रह बुद्धरश्मीको लोकापर्ण कार्यक्रम भव्य र सभ्य एक समारोहबीच सम्पन्न भएको थियो ।
अन्तमा यस सभामा उपस्थित प्रत्येक विशिष्ट आगन्तुकहरुलाई यस कृति कविता संग्रहका लेखक कृतिकार पुरन बहादुर शाक्यले बुद्ध रश्मी कविता संग्रह वितरण गर्नुभएको थियो । कार्यक्रम संचालक पाल्पा साहित्य समाजका सदस्य इन्दिरा ज्ञवाली रहनुभएको थियो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।