पाल्पा – पाल्पा जिल्लाका गायक तथा लोक तथा दोहोरी गित प्रीतष्ठान पाल्पाका उपाध्यक्ष रुपेश कार्कीको लोकगीत है माया बजारमा सार्वजनिक भएसँगै चर्चामा रहेको छ ।
रुपेश कार्की, गुन्जन मगर र एशोधा कार्कीको स्वर रहेको गीत रिलिज भएसँगै चर्चामा रहेको छ । गीतको तानसेन स्थित सन्तोष चलचित्र मन्दिरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष लगायतको उपस्थितिमा सार्वजनिक गरिएको थियो ।
रुपेश कार्की युटुटुव च्यानलबाट सार्वजनिक भएको गीत चार दिनमा युट्युवमा २५ हजारभन्दा बढी भ्यू पुगेको छ भने टिकटकमा समेत चर्चामा रहेको छ । पाल्पाली परिवेश, गाउँले जनजीवनलाई समेटेर तयार गरिएको गीतले दिनप्रतिदिन चर्चा बटुल्दै आएको गायक कार्कीले रानीमहललाई बताउनुभयो । उहाँले आफ्नाे प्रयासमा हाैसला दिने सबैलाइ अाभार समेत व्यक्त गर्नुभएकाे छ ।
रुपेश कार्की र गुञ्जना मगरको प्रस्तुतीको रुपमा रहेको ठट्यौली पाराको गीत राम्रो रहेको दर्शकहरुले टिकटक, फेशबुक र युट्युवमा प्रतिक्रिया दिएका छन् ।
<iframe width=”875″ height=”369″ src=”https://www.youtube.com/embed/hG_EBKSupCs” title=”HAI MAYA – Rupesh Karki . Gunjana Magar. Yeshodha Karki – New Nepali Song -2082″ frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>



