Search
आइत, कार्तिक ३०, २०८२

पाल्पामा राजमार्गमा राति सवारी नचलाउन आग्रह

पाल्पा –  जिल्ला प्रशासन कार्यालय पाल्पाले वर्षा र पहिरोको जोखिमका कारण राष्ट्रिय राजमार्ग र सहायक मार्गमा राति सवारी साधन नचलाउन आग्रह गरेको छ। लगातारको वर्षाका कारण पहिरो जाँदा ढुंगा खस्ने, सडक अवरुद्ध हुने तथा दुर्घटनाको सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन प्रशासनले विज्ञप्ति जारी गरेको हो।

 

 

प्रशासनले सिद्धबाबा–राम्दी सडकखण्ड, तानसेन–रिडी–तम्घास सडक, रामपुर–हुमिन–ताँहु–आर्यभञ्ज्याङ सडक, हार्थोक–छहरा–तिनगिरे सडकखण्ड लगायत मुख्य सहायक र ग्रामीण सडकमा रातिको समयमा सवारी आवागमन नगर्न निर्देशन दिएको छ।

 

 

जल तथा मौसम विभागले यो वर्ष औसतभन्दा बढी वर्षाको सम्भावना रहेको बताएको जनाउँदै, जिल्ला सुरक्षा समिति, यातायात व्यवसायी र सरोकारवालासँगको सर्वपक्षीय छलफलपछि यस्तो निर्णय गरिएको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिनुभयो।

 

वर्षा भइरहेकै अवस्थामा, सुरक्षा निकायको स्थानीय युनिटबाट मौसमको मूल्याङ्कनका आधारमा सवारी आवागमन पूर्ण रूपमा रोक्न सकिने उल्लेख छ। साथै, प्रशासनले सर्वसाधारण, यातायात व्यवसायी र सम्बन्धित निकायलाई सूचनाको पूर्ण पालना गरी विपद् न्यूनीकरणमा सहकार्य गर्न पनि आग्रह गरेको छ।

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।