Search
शनि, माघ १०, २०८२

पाल्पामा दीर्घ रोगी बढ्दै, सुविधा लिने थपिँदै

पाल्पा – पाल्पाका छ सय बढी दीर्घ रोगीले मासिक पाँच हजारका दरले सेवा लिएका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा पाल्पाका ६५७ जना दीर्घ रोगीले सङ्घीय सरकारबाट प्राप्त हुने मासिक पाँच हजार रुपियाँको स्वास्थ्य उपचार सुविधा प्राप्त गरेका छन् ।
सङघीय सरकारले स्पाइनल प्यारालाइसिस्, मृगौला रोग र क्यान्सरबाट पीडित बिरामीलाई मासिक पाँच हजार रुपियाँ उपचार उपलब्ध गराउँदै आएको छ । यस्तो सुविधा लिने बिरामीको सङ्ख्या हरेक वर्ष बढ्दै गएको कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो ।
यो सुविधा लिने सबैभन्दा बढी तानसेनका बिरामी रहेको कार्यालयले जनाएको छ । तानसेनका १५० जना बिरामीले मासिक पाँच हजार रुपियाँ पाएका थिए । यस्तै रामपुरका ८२ जना, बगनासकालीका ७४ जना, रिव्दीकोट गाउँपालिकाका ६३ जना, माथागढीका ५७ जना बिरामीले मासिक पाँच हजारको सुविधा लिएका थिए । गत आवमा रिव्दीकोटका ५५ जना, रम्भा र पूर्वखोलाका ४८/४८ जना निस्दीका ३२ र तिनाउ गाउँपालिकाका ३१ जनाले सुविधा लिएका थिए ।
गत आव २०८१/०८२ मा स्वास्थ्य कार्यालय पाल्पाले ३३३ जनालाई विपन्न नागरिक उपचार कोष मार्फत निशुल्क सेवाका लागि सिफारिस गरेको थियो । सरकारले विभिन्न आठ प्रकारका रोगबाट पीडित बिरामीलाई यो सिफारिसका आधारमा सेवा दिँदै आएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले जानकारी दिनुभयो । निशुल्क उपचारका लागि मुटुरोगी ८९ जना, मृगौला रोगी ६० जना, क्यान्सर रोगी १८० जना, स्पाइनल इन्जुरी दुई, हेड इन्जुरी एक र सिकलसेल एनिमियाका एक जना बिरामीलाई सिफारिस गरिएको उहाँले बताउनुभयो ।
लुम्विनी प्रदेश सरकारले तीन रोगबाट प्रभावित बिरामीलाई प्रतिव्यक्ति दुई लाख रुपियाँका दरले उपचार अनुदान दिँदै आएको छ । गत आवमा १३१ जना बिरामीले दुई लाख रुपियाँ स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा लिएको कार्यालयले जनाएको छ । त्यसमध्ये आठ जना मृगौला रोगी, ११९ जना क्यान्सर रोगी र चार जना मुटुको भल्ब फेर्नुपर्ने रोगी रहेका थिए ।
पछिल्लो समय सङघीय र प्रदेश सरकारले उपलब्ध गराउँदै आएको स्वास्थ्य उपचारवापतको सुविधा लिने मानिसको सङ्ख्या बढ्दै गएको छ । नयाँ बिरामी पत्ता लाग्ने र पुराना बिरामीले उपचार पाउँदा उपचार सुविधा पाउने बिरामी हरेक वर्ष २० प्रतिशतका दरले बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख पोखरेलले बताउनुभयो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।