Search
शनि, माघ १०, २०८२

तानसेनमा निकालियाे गाइजात्रा

पाल्पा – तानसेनमा गाइजात्रा पर्व मनाइएकाे छ । बिहानदेखि बेलुकीसम्म गाइजात्रा देखाइएकाे छ । दिवंगत व्यक्तिका घरबाट गाइजात्रा निकाल्ने प्रचलन रहेकाे छ । तानसेनकाे टक्सार, मख्खनटाेल, नारायणास्थानलगायतका स्थानबाट गाइजात्रा निकालिएकाे थियाे ।
गाइजात्राको दिन तानसेनका नेवार समुदायले आफ्ना दिवङ्गत परिवारका सदस्यको सम्झना गर्दै वासा र निर्गुण गाउँदै नगरपरिक्रमा गरेका थिए । नेवारी परम्परा अनुसार एक वर्ष भित्र मृत्यु भएका परिवारबाट गाईजात्रा निकालिने गरिन्छ । दिगवङ्गत घरका परिवारले गाइजात्रामा भजन र निर्गुण गाएर तानसेन बजार परिक्रमा गर्ने प्रचलन रहेको छ ।
तानसेनमा जात्रा गाइजात्राबाट सुरु भएर कृष्ण नवमीको दिन भगवती जात्रा निकालेपछि मात्र समापन हुन्छ । तानसेनमा गाइजात्राको भोलिपल्ट रोपाइजात्रा निकालिन्छ । पछिल्लाे समय जात्रा हेर्ने मानिस भने कम हुन थालेका छन् । मनाेरन्जनका अन्य माध्यमकाे विकास भएपछि जात्रा हेर्ने मानिस घटेकाे स्थानीय बासिन्दाले बताएका छन् । गाइजात्राकाे अवसरमा तानसेन नगरपालिकाले स्थानीय विदा दिएकाे थियाे ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।