Search
आइत, कार्तिक ३०, २०८२

कमल राष्ट्रिय सुकर्म पुरस्कार मोहन दुवाललाइ प्रदान

पाल्पा – पाल्पा साहित्य समाजद्वारा कमल राष्ट्रिय सुकर्म पुरस्कार मोहन दुवाललाइ प्रदान गरिएकाे छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाकाे अायाेजनामा एलिस कन्फ्रेन्स , बखुण्डोल , ललितपुरमा भएकाे कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्याधिश तथा पूर्व  मन्त्री परिषद अध्यक्ष अध्यक्ष खिलराज रेग्मी विशिष्ट अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी , संस्थापक / संरक्षक डा.प्रकाश राज रेग्मी (वरिष्ठ मुटुरोग विशेषज्ञ  लगायतकाे उपस्थितिमा उक्त पुरस्कार प्रदान गरिएकाे हाे ।
जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार , साहित्यिक पत्रकार माेहन दुलाललाइ कमल राष्ट्रिय सुकर्म पुरस्कार २०८१ बाट पुरस्कृत गरिएकाे हाे । कार्यक्रममा अतिथिहरू शिक्षाविद् समाजसेवी बुद्धिप्रसाद शर्मा समीक्षक / साहित्यकार डा. रामप्रसाद ज्ञवाली अध्यक्ष तानसेन गुठी काठमाडौंका प्रमि श्रेष्ठ , रहनुभएकाे थियाे ।
साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाका अध्यक्ष पुष्कर अथक रेग्मीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत रोहित प्रसाद ज्ञवाली , उपाध्यक्ष , शिस्वाप्र
प्रतिष्ठानको गीत/ स्वागत गीत: संगीत / गायककार,बिष्णु गुरूङ कमलराज रेग्मीको परिचय र योगदानमाथि प्रकाश: बुद्धिप्रसाद शर्मा , शिक्षाविद् समाजसेवी
कमलराज रेग्मीको कविता वाचन : कवयित्री, सरस्वती अर्याल मोहन दुवालको व्यक्तित्व र कृतित्वमाथि चर्चा :डा. रामप्रसाद ज्ञवाली , समीक्षक / साहित्यकार
मोहन दुवाल वृतचित्र प्रस्तुत : राजु सरकारले गर्नुभएकाे थियाे ।

 डा. प्रकाशराज रेग्मीद्वारा प्रात: स्मरणीय पिताजी कमल राज रेग्मीको स्मृतिमा स्थापित ‘ कमल राष्ट्रिय सुकर्म पुरस्कार -२०८१’ नगद रू.५१ हजार

पुरस्कार समर्पण / सम्मान मोहन दुवाल , जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार , साहित्यिक पत्रकारलाइ गरिएकाे थियाे ।
साेही कार्यक्रममा डा. प्रकाशराज रेग्मीद्वारा पिताजी स्व. कमलराज रेग्मीको स्मृतिमा जनमत वाङमय प्रतिष्ठान काभ्रेका लागि अक्षयकोष/ पुरस्कार स्थापनाका लागि रू. ३ लाखको चेक जनमतका अध्यक्षलाई हस्तान्तरण समेत गर्नुभयाे ।  साहित्यकार दुर्गा अधिकारी भमरेकोटेद्वारा ‘ सुसेली सम्मान ‘ स्थापनाका लागि रू५० हजार अक्षषकोष प्रतिष्ठानलाई प्रदान  गर्नुभयाे ।
कार्यक्रममा आजीवन सदस्यता प्रदान:दुर्गा अधिकारी भमरकोटे, विशिष्ट सदस्य मोहन दुवाल,भारती श्रेष्ठ, शान्ता शाक्य, निलम गोंगल, रेणुका श्रेष्ठ, ऋषिकेशव धौवडेल, कृष्ण बहादुर के.सी. , राजभाइ प्रधान लगायत बन्नुभयाे ।
कार्यक्रममा शुभकामना मन्तव्य :  दुर्गा अधिकारी भमरकोटे , अध्यक्ष राष्ट्रिय सुसेली फाउन्डेसन,  प्रमि श्रेष्ठ , अध्यक्ष तानसेन गुठी काठमाडौं,
मोहन दुवाल , पुरस्कृत व्यक्तित्व,  डा. प्रकाशराज रेग्मी , संस्थापक/ संरक्षक,  शिवराज अधिकारी  विशिष्ट अतिथि , उपाध्यक्ष राष्ट्रिय योजना आयोग लगायतले गर्नुभयाे ।
प्रमुख अतिथि  खिलराज रेग्मी ,पूर्व अध्यक्ष मन्त्री परिषदका अध्यक्षले पाल्पाली साहित्य र कलाकाे क्षेत्रमा समाजकाे याेगदानकाे चर्चा गर्दै पुरस्कृत व्यक्तित्वलाइ बधाइ दिनुभयाे । संचालन ;दामोदर ढकाल ‘ दीपक’ साहित्यकारले गर्नुभएकाे थियाे ।
Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।