पाल्पा – त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा स्ववियुको आयोजनामा विभिन्न सङ्कायका प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको छ ।
स्ववियु अध्यक्ष मिलन घर्तीकोे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले सबै विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक क्रियाकलापमा अनुशासित भएर लाग्न आग्रह गर्नुभयो ।
विशिष्ट अतिथि निवर्तमान क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई, पूर्व क्याम्पस प्रमुख जीवनबहादुर थापा, उत्प्रेरणा मूलक वक्ता रमेश अर्याललाई रहनुभएको थियो ।
अतिथिका रूपमा क्याम्पस कार्यसमिति सदस्यहरू, सहायक क्याम्पस प्रमुखहरू, विद्यार्थी कल्याण प्रमुख, कार्यक्रम संयोजक, प्राध्यापक संघका सभापति, कर्मचारी संघका सभापति, प्राध्यापकहरू, कर्मचारीहरू तथा विद्यार्थी संगठनका नेताहरू रहनुभएको थियो । ।
प्रस्तोता रमेश अर्यालले मानिसको कर्तव्यका साथमा जीवनको सफलताका सूत्रहरू प्रस्तुत गर्नुभयो । गुरुहरूलाई नृत्यमा सहभागी गराई प्रयोगात्मक रूपमा प्रशिक्षण दिनुभयो । क्याम्पस स्नातक तहमा अध्ययन गर्न आएका विद्यार्थीहरूलाई टीका, पष्षगुच्छासँगै उपहार प्रदान गरियो । शब्द, सिर्जना, सङ्गीत र नृत्यद्वारा स्वागत गर्ने काम भयो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिलाई स्वागत गर्ने काम स्ववियुका उपाध्यक्ष सन्तोष गहतराजले गर्नुभयो ।
मिस्मा राना र विचन्द्र रायमाझीद्वारा कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।




