Search
सोम, मंसिर २९, २०८२

पाल्पामा छ हजार बढी मतदाता थप

पाल्पा– जिल्लामा ६ हजार ८८७ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् । गत असोज ११ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन भएको मतदाता नामावली सङ्कलन अभियानमा झण्डै सात हजार नयाँ मतदाताले नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
मतदाता नामावली दर्तापछि अहिले दर्ता भएको मतदाताको विवरणलाई रुजु गर्ने, सच्याउने कार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । सच्याउने र रुजु गर्ने कार्य सकिएपछि निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्या यकिन हुनेछ ।

 

निर्वाचन कार्यालयका पाल्पाका प्रमुख महेश शर्माका अनुसार राष्ट्रिय परिचयपत्रबाट मात्रै चार हजार ३२५ जनाको नाम दर्ता भएको छ । यस्तै जिल्लास्थित निर्वाचन कार्यालयमा एक हजार १७ पुरुष र ८१० जना महिला गरी एक हजार ८२७ जनाको नाम दर्ता भएको छ । अन्य जिल्लाबाट २५९ पुरुष र ३७६ महिला गरी ६३५ जनाले पाल्पामा ठाउँ सारीका लागि निवेदन दर्ता गराएका छन् ।

 

११८ मतदान स्थल कायम
यसैबीच पाल्पामा यसअघि रहेको ११८ वटा निर्वाचन स्थललाई यथावत राख्ने निर्णय भएको छ ।

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।