Search
शनि, पुस २६, २०८२

चिदीपानीको जाउपोखरा आविमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम

माथागढी गाउँपालिका–१ चिदीपानीस्थित जाउपोखरा आधारभूत विद्यालयमा पौष ४ गते शुक्रबार तेस्रो खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष थमन सिंह सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा माथागढी गाउँपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा अध्यक्ष राजकुमार पन्थीको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा सौभाग्य माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनाल, सहायक प्रधानाध्यापक अनुप शर्मा, जाउपोखरा आधारभूत विद्यालयका प्रधानाध्यापक गिरिराज बेलबासे, आदर्श आधारभूत विद्यालयका शिक्षक सुबास न्यौपाने लगायत विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

विद्यालयले विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्ने, सांस्कृतिक विविधताको संरक्षण गर्ने तथा स्थानीय परिकारको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको जनाएको छ। महोत्सवमा सम्पूर्ण विद्यार्थी, शिक्षक–स्टाफ तथा स्थानीय समुदायको सक्रिय सहभागिता देखिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष राजकुमार पन्थीले यस्ता रचनात्मक कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास वृद्धि गर्नुका साथै सामाजिक सीप, नेतृत्व क्षमता र स्थानीय संस्कृतिप्रति गर्व गर्ने भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

 

विद्यालयका प्रधानाध्यापक गिरिराज बेलबासेका अनुसार महोत्सवमा विद्यार्थीहरूले घरमै तयार गरेका परम्परागत परिकारदेखि आधुनिक फुड–स्टलसम्मका विविध सामग्री प्रस्तुत गरेका थिए। विद्यालय र समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरण बनेको यस कार्यक्रमलाई आगामी वर्ष अझै मौलिक, सिर्जनात्मक र प्रभावकारी बनाइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

 

महोत्सव अवधिभर विद्यार्थीहरूले उत्पादन गरेका विभिन्न स्थानीय परिकार, आकर्षक सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक स्टल तथा स्थानीय पहिचान झल्काउने सामग्रीहरूको प्रदर्शनी गरिएको थियो।

 

 

कार्यक्रम सञ्चालनको जिम्मेवारी शिक्षक डेमबहादुर गाहाले कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो। कार्यक्रममा सयौँको संख्यामा अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता रहँदा सम्पूर्ण वातावरण उल्लासमय र सांस्कृतिक रंगले भरिएको देखिन्थ्यो।

 

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।