Search
सोम, मंसिर २९, २०८२

क्यान महासंघ पाल्पाको ११ औं साधारण सभा

पाल्पा– जिल्लाका कम्प्युटर सेवा प्रदायकहअरुको साझा संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) पाल्पाको एघारौं वार्षिक साधारण सभा आइतबार तानसेनमा सम्पन्न भएको छ ।
सभामा महासंघका केन्द्रिय कार्यवहाक अध्यक्ष सिर्जना श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । उहाँले अहिलेको समयमा डिजिटल साक्षरता, साइवर सुरक्षा प्रमुख विषय बनेको बताउँदै क्यानले त्पसको लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

 

प्रमुख अतिथि श्रेष्ठले केन्द्रका चलिरहेका कार्यक्रम, योजनाबारे अवगत गराउँदै सूचना प्रविधि क्षेत्रको विस्तार र प्रर्वद्धनमा क्यान पाल्पासँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले संस्थागत विकास र क्रियाकलापलाई बढाउँदै शाखालाई सक्रिय राख्न सुझाव दिनुभयो ।
कार्यक्रममा क्यान महासंघका केन्द्रिय सचिव नारायण श्रेष्ठले सामाजिक क्षेत्रमा क्यानको भूमिका अहिले महत्वपूर्ण रहेको बताउनुभयो । केन्द्रिय सदस्य धु्रवराज शर्मा (सुदिप), लुम्बिनी प्रदेश अध्यक्ष नारायण खनाल लगायतले जिल्ला शाखालाई बलियो बनाउन आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्न केन्द्र र प्रदेश क्यान तयारी रहेको बताउनुभयो ।

 

साधारण सभामा क्यान पाल्पाका पूर्व अध्यक्षहरू भोजराज भट्टराई, महेश शर्मा, थमन सारु लगायत कार्यसमिति र सूचना प्रविधि क्षेत्रमा आवद्द व्यवसायीहरूको सहभागिता रहेको थियो । क्यान पाल्पाले साइवर क्राइम सम्बन्धी सचेतना, सूचना प्रविधि दिवसमा दिवसीय कार्यक्रम, लागु पदार्थ दुव्र्यसनी सम्बन्धी सचेतना लगायतका सामाजिक कार्यक्रम अगाडि बढाउँदै आएको छ ।

 

सभामा महासंघका अध्यक्ष सुदिप पौडेलको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष गोपाल गैरेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको छ ।
क्यान पाल्पाका अध्यक्ष सुदिप शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन सचिव सुनिता अधिकारीले गर्नुभएको थियो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।