Search
सोम, माघ २६, २०८२

वर्तमान राजनीति एक यथार्थ

धनिश्वर बश्याल

हाम्रो देश दुई शक्तिशाली मुलुकका बीचमा अवस्थित भूपरिवेष्ठित विकासोन्मुख देश हो।नेपाल बुद्ध , हिमाल, हाम्रा अनमोल संस्कृति तथा विद्वान ऋषिहरुका ग्रन्थहरु साथै बिशिष्ट इतिहास हरुका कारण विदेशी तत्वहरू खेलिरहने क्रिडास्थल बनेको छ।

 

 

विदेशी तत्व हरु सहज रूपमा चलखेल गर्नु गरिबी तथा अनविज्ञ नेतृत्व प्रमुख कारण हो। हाम्रा हरेक पार्टीका नेतृत्व तहका व्यक्तित्व हरु कुनै न कुनै विदेशी शक्तिहरु संग अछुतो छैनन्। देशका होनहार युवाहरु उचित वातावरण अभाव को कारण विदेशिन बाध्य छन्।

 

 

राज्य सञ्चालनको प्रमुख अङ्ग राजनीति हो । शैक्षिक, बौद्धिक तथा प्राविधिक ज्ञान बिनाको राजनैतिक नेतृत्वले पार्टी सञ्चालन गरिरहेको छ देश र जनताको आत्मनिर्भरता स्थिर सरकार ,दिगो समृद्वी को योजना निर्माण र कार्यान्वयन तहमा अगाडि बढाउन नसकेका धेरै उदाहरणहरू हामी सामु व्याप्त छन्। यसको ज्वलन्त उदाहरण पटक पटक विदेशी शक्तिको इशारामा सरकार परिवर्तन एवं कार्यकारी रोलमा नेतृत्वको नामावली समेत विदेशी इशारामा शक्ति एवं स्वार्थका आधारमा तय हुने गर्दछन्।

 

नेताहरुमा विषय बिज्ञता ज्ञानको अभाव भएकै कारण कर्मचारी प्रशासन नेतृत्व तह माथि हावी देखिन्छ यही कारणले देशमा भ्रष्टाचार व्याप्त छ। राजनैतिक पार्टीमा कुनै उच्च जिम्मेवारी तथा सरकारी नियुक्तिहरु चयनको क्रममा समेत हाम्रा सरकार तथा मन्त्रिमण्डलले विदेशीको शक्ति केन्द्रको इशारामा मात्र निर्णय गरेका प्रसस्त उदाहरण हरु हाम्रा सामु ताजा नै छन्।

 

 

जिम्मेवार स्थानमा विज्ञताको आधारमा व्यक्ति चयन हुन सकेमा मात्र तत तत क्षेत्रमा एउटा पद्दति स्थापित हुँदै मुलुकले गति लिन सक्ने सम्भावना रहन्छ तर हाम्रो मुलुकमा एक नेतृत्वलाई चकरीको आधारमा दोश्रो विज्ञ व्यक्ति चयन गर्दा आफूमाथि हावी हुनसक्ने अथवा आफू डोमिनेट हुने कारणले अनविज्ञ र दास प्रवृत्ति का व्यक्तिहरूले मात्र अवसरहरू प्राप्त गरिरहने एउटा स्थापित प्रथा जस्तै भै सकेको छ। यसकारणले कुनैपनि देश समृद्धिका लागि जिम्मेवार क्षेत्रहरूमा पद्दति स्थापित हुन सकेको छैन।

 

कहिले काँही नेतृत्वले हामी भ्रष्टाचार हुन पनि दिदैनौं, हेर्न पनि सक्दैनौं जस्ता बार बार आउने ठूला मञ्चका भाषण हरु बुझ्नेहरु का लागि हास्यास्पद मञ्चित नाटक जस्तै सुन्ने र देख्ने गर्दा सचेत जनता भावविभोर रूपमा चिन्ताजनक अवस्थामा समय व्यतीत गरिरहेका छन्। राजनैतिक क्षेत्रमा प्रथम पुस्ता उमेरका हिसाबले शैक्षिक तथा प्राविधिक ज्ञानको अभावमा असक्षम पुष्टि भइसकेको छ । प्रथम पुस्ता नेतृत्वको ध्यान कुर्ची मोह, धन आर्जन, नातागोता को उच्च व्यवस्थापन तथा विलासी जीवन त्यो पुस्ताका बानी भै सकेका छन। दोश्रो पुस्ता केही ज्ञान भएतापनि प्रथम पुस्ताबाट जिम्मेवारी प्राप्तिको लागि दास मनोवृत्ति मा समय व्यतीत गरिरहेका छ।

 

अहिलेको पुस्ता हाम्रो देशमा सम्भावनाको आधारमा देश अगाडि बढ्न नसक्नु राजनैतिक पार्टीहरू प्रमुख दोषी हुन भन्ने निष्कर्षमा पुगेको छ। हाल मुलुकले ब्यहोर्नु परेको परिवेश लाई दिगो समाधान को बाटो तर्फ अगाडि बढ्नको लागि अब तेश्रो पुस्ताले नेतृत्व बहन गर्ने साहस गर्नु नै नेपालको राजनैतिक स्थिरता तथा दिगो समाधानको लागि श्रेयस्कर बाटो बन्न सक्दछ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।