पाल्पा – पाल्पामा कोरोना भाइरस संक्रमितको कुल संख्यामध्ये २५ प्रतिशत महिला रहेका छन् ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार मंगलबारसम्म जिल्लामा १ हजार ५ सय ७८ जनामा संक्रमण पुष्टि भएकोमा ३ सय ९५ जना महिला छन् । संक्रमितमध्ये १ हजार १ सय ८३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
समुदायमा कोरोना संक्रमण बढ्दै गएसंगै पछिल्ला दिनहरुमा संक्रमित हुने महिलाहरुको संख्या पनि बढ्दो छ ।
मंगलबारमात्रै पाल्पामा १७ जनामा संक्रमण पुष्टि भएकोमा ७ जना महिला छन् ।
जिल्लामा हाल २ सय ३७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
यो पनि पढ्नुहोस् :
पाल्पाको लुम्बिनी मेडिकल कलेजमा दुईजना संक्रमितको मृत्यु
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७ ११:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय