Erani Mahal
पाल्पाको लुम्बिनी मेडिकल कलेजमा दुईजना संक्रमितको मृत्यु
CORONA-DEATH-2
पाल्पा – पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका –१ का ३८ वर्षीय पुरुष र स्याङ्जाको गल्याङ नगरपालिका –४ का ३९ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार पाल्पा बगनासकालीका पुरुषमा मंसिर १३ गते कोरोना पुष्टि भएको थियो । १४ गते अस्पताल भर्ना हुनुभएका पुरुषमा उच्च रक्तचापको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, स्याङ्जा गल्याङका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । २ गते नै मेडिकल कलेज भर्ना हुनुभएका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल कलेजका अनुसार उहाँमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update