Erani Mahal
पाल्पामा एकैदिन ४७ जना कोरोना संक्रमणमुक्त
Coronavirus-
पाल्पा - शनिबार पाल्पामा ४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा तानसेन नगरपालिका भित्रका २६ जना छन् । त्यस्तै पूर्वखोला गाउँपालिकाका ८, तिनाउ गाउँपालिकाका ४, रिब्दिकोट गाउँपालिकाका ३, रामपुर नगरपालिकाका २, माथागढीका २, बगनासकाली र रैनादेवी छहरा गाउँपालिकाका १÷१ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमणमुक्त हुनेमा ३५ जना पुरुष र १२ जना महिला रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले ईरानीमहललाई जानकारी दिनुभयो । शनिबार संक्रमणमुक्त भएकासंगै पाल्पामा कोरोना निको हुनेको संख्या ९ सय २७ पुगेको छ । अहिले जिल्लामा २ सय १९ जना कोरोनाका सक्रिय संक्रमित छन् । पाल्पामा हालसम्म १ हजार १ सय ५६ जनामा कोरोना संक्रमण भएको छ । १० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शनिबार पाल्पामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सम्बन्धित समाचार : तानसेनका २५ सहित पाल्पामा थप ३४ जनामा कोरोना संक्रमण
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update