Erani Mahal
रानीमहल समाचार प्रभाव : तानसेनमा कटान आदेश भन्दा बढी काठ काट्ने पक्राउ
4
पाल्पा– पाल्पा जिल्ला सदरमुकाम तानसेनमा कटान आदेश विपरित काठ काटेको पाइएपछि दुईजना पक्राउ परेका छन् । मंगलवार जिल्ला वन कार्यालयको टोलीले तानसेन बन्दीपोखरामा रहेको तिलार साँखर सल्लेरी सामुदायिक वनका पदाधिकारीलाई अनुसन्धानको लागि पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखिएको छ । वन कार्यालयले तोकेको कटान आदेश भन्दा करिब ३ हजार क्युफिट बढी काठ काटेको प्रारम्भिक अनुसन्धानको क्रममा पाइएपछि थप अनुसन्धानको लागि पक्राउ गरिएको वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताउनुभयो । यस सम्बन्धमा रानीमहल अनलाइनले तस्करको मिलेमतोमा काठ तस्करी भएको तस्करको मिलेमतोमा घाटगद्दि र लिलाम विनानै काठ फर्निचरमा शीर्षकमा समाचार प्रकाशन गरेको थियो त्यसपछि वन कार्यालयले तदारुकता देखाएको थियो । पक्राउ परेका व्यक्तिलाई वन ऐन २०७६ अनु्सार कारवाही हुने रेञ्जर पोखरेलले बताउनुभयो । वनले २ हजार ३ सय क्वीफिट काठ काट्न आदेश दिएको भएता पनि सामुदायिक वनमा ५ हजार ५ सय बढी काठ काटेर घाटगद्दी र लिलाम विनानै नजिककैको फर्निचरमा सिधै लगिएको थियो । तानसेनमा तस्करको मिलेमतोमा घाटगद्दि र लिलाम विनानै काठ फर्निचरमा !
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update