Erani Mahal
तानसेनमा तस्करको मिलेमतोमा घाटगद्दि र लिलाम विनानै काठ फर्निचरमा !
4
पाल्पा– पाल्पामा वन तस्करहरुको मिलेमतोमा घाटगद्धि र लिलाम सूचना विना नै सामुदायिक वनको काठ फर्निचरलाई विक्रि वितरण गरेको पाइएको छ । वन कार्यालयको चरम वेवास्ताका कारण स्थानीय जंगलबाट लाखाैं मूल्यकाे काठ काटेर सिधै फर्निचरमा ल्याएको पाइएको हो । तानसेन नगरपालिका वडा नं. ११ मा रहेको तिलाहार साँखर सल्लेरी सामुदायिक वनका काठहरु लिलाम विक्रिको सूचना र घाटगद्दी नै नगरी स्थानीय फर्निचरमा पुर्याएको पाइएको हो । जिल्ला सदरमुकाम तानसेनसँगै जोडिएको वनमा काठ कटानको लागि जिल्ला वन कार्यालयले अनुमति दिएको भएता पनि घाटगद्दि र लिलामको सहमति दिएको थिएन । सामुदायिक वनले २ हजार ३ सय १५ क्यूफिट काट काटेर घाट गद्दि विना नै फर्निचरमा लगेका हुन् । तानसेन सव डिभिजन वन कार्यालय पाल्पाको प्रमुख माधुरी खड्काले कटान आदेश भएको बताउनुभयो । उहाँले घाटगद्दि स्थानीय निकास भएको स्थानमै राखेर लिलाम आदेश र लिलाम सहमति विना काठ निकासी गर्न नपाईने बताउभुयो । उहाँले एकजना स्टाफ पठाएर बुझ्ने बताउनुभयो । सामुदायिक वनका अध्यक्ष गणेश प्रसाद घिमिरेसँग प्रतिक्रिया लिन खोज्दा उहाँको फोन उठेन सामुदायिक वनका सचिव अमर रानाले गत वर्ष पनि त्यसै गरी विक्रि गरेकाले अहिलेको परिस्थितिलाई हेरेर फर्निचरलाई दिइएको बताउनुभयो । उहाँले टेन्डर निकाल्नुपर्ने र घाटगद्धि गर्नुपर्ने भएपनि समितिले निर्णयमा सिघै फर्निचरलाई दिइएको बताउनुभयो । तानसेन नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष दामोदर प्रसाद घिमिरेले सामुदयिक वनले आफ्नो क्षेत्रको वनको काठ कसरी त्यहाँ पुर्याएको भन्ने विषयमा आफूलाई थाहा नभएको बताउनुभयो । उहाँले आफूले पनि यस विषयमा अध्ययन गर्ने बताउनुभयो । पाल्पामा विभिन्न सामुदायिक वनमा वन कर्मचारीको बेवास्ताका कारण काठ तस्कर र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा यस्तो काम हुँदै आएको छ । तानसेनमा वनले काटेको स्थानभन्दा तल घाटगद्दी गर्ने स्थान भएता पनि काटिएको स्थानभन्दा करिब एक किलोमिटर पर रहेको फर्निचरमा पुर्याएका हुन् । अहिले त्यो काठ फर्निचरको शोरुम,वारी, खरबारी र तानसेन तेल्घा सडक खण्डको बाटोमै लथालिङ्ग अवस्थामा रहेको छ । वन कार्यालयको मिलेमतोको आशंका काठ कटानको लागि कटान सहमति दिएको भएता पनि महिनादिन सम्म पनि घाटगद्दि लिलाम र विक्रीको लागि सहमति विना नै फर्निचरमा काठ पुर्याउँदा समेत वन कार्यालय बेखवर जस्तै रहेको छ । जसले वन कार्यालयको समेत मिलेमतो हुन सक्ने आशंका बढाएको छ । लाखौं मूल्यको काठ वनबाट काटेर सिधै फर्निचरमा लैजादा समेत वन कार्यालय बेखबर रहनु दुखद पक्ष भएको एक स्थानीयले नाम नबताउने सर्तमा भने, अहिले महामारीको बेलामा समेत तस्करहरुकै राज चलेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update