Erani Mahal
आईतवार रामपुरका २९ सहित पाल्पामा थप ३५ जना कोरोना संक्रमणमुक्त
Coronavirus positive
पाल्पा – आईतबार पाल्पामा ३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । दशैंको टीकाको अघिल्लो दिन जिल्लाका विभिन्न स्थानका ३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका हुन् । [caption id="attachment_14291" align="alignnone" width="768"] Blood sample with coronavirus positive[/caption] स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले ईरानीमहललाई दिएको जानकारी अनुसार रामपुर नगरपालिकाका २९ जना र तिनाउ गाउँपालिकाका ६ जना संक्रमणमुक्त भएका हुन् । जसमा २४ जना पुरुष र ११ जना महिला रहेका छन् । आईतबार ३५ जना संक्रमणमुक्त भएसंगै पाल्पामा कोरोना निको हुनेको कुल संख्या ८ सय ३८ पुगेको छ । अहिलेसम्म पाल्पामा १ हजार ९८ जनामा संक्रमण पुष्टि भएको छ । अहिले २ सय ५० सक्रिय संक्रमित छन् । आईतवार पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सम्बन्धित समाचार : पाल्पाको कोरोना अपडेट : थप ७ जनामा संक्रमण पुष्टि
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update