Erani Mahal
पाल्पाको कोरोना अपडेट : थप ७ जनामा संक्रमण पुष्टि
Coronavirus-
पाल्पा – पाल्पामा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आईतबार जिल्लाका ५ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको हो । तानसेन र रामपुर नगरपालिकाभित्रका २/२ जना, बगनासकाली गाउँपालिकाका २ जना र माथागढी गाउँपालिकाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । योसंगै पाल्पामा कोरोना संक्रमित हुनेको कुल संख्या १ हजार ९७ पुगेको छ । जसमध्ये ८ सय ३८ जना संक्रमणमुक्त भएका छन् । पाल्पामा २ सय ५० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म पाल्पामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update