Erani Mahal
निस्दी गाउँपालिकाले दोस्रो चरणको राहत वितरण गर्‍यो
nnnnn
पाल्पा - निस्दी गाउँपालिका पाल्पाले बिपन्न परिवार तथा मजदुरका लागि दोस्रो चरणको राहत बितरण गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि भएका प्रयासलाई तदारुकताका साथ लैजाने र ज्याला मजदुरी गरि खाने परिवारलाई दोस्रो चरणको राहत वितरण गरिएको जिल्ला समन्वय समिति पाल्पाका सदस्य खर्गती रानाले बताउनुभएको छ । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा राहत वितरण गर्दै उक्त कुरा बताउनुभएको हो । कोरोना भाइरस महामारीको कारण लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी गरी दैनिकी संचालन गर्ने मजदुरहरुलाई लक्षित गरी पहिलो चरणमा बितरण नगरेको परिवारलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । अध्यक्ष सारुका अनुसार वडा नम्बर-१,को वाकामलाङ्गमा ४० घर,वडा नम्बर-२,सहलकोटमा २७ घर,वडा नम्बर-३,झिरुबासमा २९ घर र वडा नम्बर४,मित्यालमा ४५ घर परिवारलाई राहत वितरण गरिएको छ । त्यसैगरी वडा नम्बर-५,गल्धामा ४७ घर,वडा नम्बर-६,अर्चलेमा ३० घर र वडा नम्बर-७,ज्यामिरेमा ३७ घर गरि कुल २२५ घरधुरीलाई वितरण गरिएको हो । कोरोना भाइरसका कारण भएको बन्दाबन्दीमा आफ्नो घर जान नपाएका झिरुबासमा निर्माण भइरहेको मगर सङ्ग्रहलयमा काम गर्ने ५ जना,गल्धामा सामुदायिक विद्धुतको कम गर्ने ७ जना र सहलकोटका २ जना असंगठीत घरपरिवारलाई समेत राहत वितरण गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले जानकारी दिनुभएको छ । राहत मा दैनिक उपभोग्य सामाग्रीहरु चामल, दाल, नून, तेल, मसला र साबुन रहेको गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभएको छ । वडा नम्बर-६, अर्चलेका वडाध्यक्ष समेत रहेका सुनारीले अर्चलेमा ३० घरपरिवारमा आश्रीत १४४ जनालाई प्रत्यक्ष लाभान्वित हुने जानकारी समेत दिनुभएको छ । पहिलो चरणमा पनि वडागत रुपमा तथ्यांक लिइ २८६ घर परिवारलाई वितरण गरेको निस्दी गाउँपालिकाले यस पटक पनि घरमा परिवार सङ्ख्या अनुसार २ प्रकृतिको राहत वितरण गरेको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update