Erani Mahal
निस्दी अर्चले हुवासको रमाइलो मेला तथा विविध कार्यक्रम सम्पन्न
75258456_1904430293035405_8867039628465537024_n

पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर-७, हुबासपाल्पामा रमाइलो मेला तथा विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ ।

लाङ्घाली एकता समूह हुबासको छैठौं वार्षिकोत्सबको अवसरमा खुल्ला साबिक वडा स्तरीय भलिबल प्रतियोगिता,हाजिरीजवाफ प्रतियोगिताका साथै साँस्कृतिक कार्यक्रममा भएको हो । जम्मा २१ समूहको सहभागिता रहेको भलिबल प्रतियोगितामा देवीनगरको समूहले पहिलो स्थान हासिल गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक लाङ्घाली एकता समूह हुवासले दोस्रो स्थानमा चित्त बुझाएको थियो भने जब्कादीको समूहले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

खेलमा उत्कृष्ट खेलाडी देवीनगरका तुल बहादुर गाहा,उत्कृष्ट सर्भिस जब्कादीका याम बहादुर पचाभैयालाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट सटर देवीनगरका निरज गाहा र उत्कृष्ट ब्लकर हुबासका नीर बहादुर खनगाहालाई छनौट गरिएको थियो ।

त्यसैगरी हाजिरी जवाफ प्रतियोगितामा युएस्फी समूह अर्चलेले प्रथम स्थान र सरस्वती माध्यमिक विद्यालय चारघरेले द्वितीय स्थान हासिल गरेको थियो । बिजयी समूहलाई एक कार्यक्रमका विच पुरस्कार स्वरुप नगद,प्रमाणपत्र र मेडल वितरण गरिएको थियो ।

समूहका अध्यक्ष योगेन्द्र थापाको अध्यक्षतामा चलेको कार्यक्रमको प्रमुख अतिथी निस्दी गाउँपालिका,पाल्पाका प्रवक्ता मेख बहादुर सुनारी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रवक्ता सुनारीले खेलकुद बाट देशको नाम बिकास हुने बताउदै सामाजिक काममा समेत सहभागिता हुन युवाहरुलाई सुझाउनुभएको थियो ।

कार्यक्रममा पाल्पा लोक आइडल धनमाया दिसुवा मगरको सङ्गीतिक प्रस्तुतिका साथै रम्भा देवी बाल क्लबको नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । समूहका सदस्य भिम बहादुर खनगाहाको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सन्चालन मुक्त बहादुर पाटाले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update