Erani Mahal
पाल्पा रामपुरकाकाे दरैठाँटी माविमा विद्यार्थीद्वारा छात्रवृत्ति स्थापना
fund-at-darai-thaati

पाल्पा - पाल्पा रामपुर नगरपालिका वडा नं ६ स्थित दरैठाँटी माध्यमिक विद्यालयमा भुपु विद्यार्थीद्धारा अक्षयकोष स्थापना गरिएको छ । भुपु विद्यार्थी शालिकराम कंडेलले विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग स्वरुप रु ५१ हजार छ सय छ रकम बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।

कंडेलले बुवा तारानाथ कंडेल र आमा तिलमाया कंडेलको नाममा सो छात्रवृति कोष स्थापना गर्नु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदनप्रकाश रेग्मी र सहायक प्रधानाध्यापक मुकुन्दप्रसाद गौतमलाई सोमवार चेक हस्तान्तरण गर्नुभयो ।

“गरिव तथा जेहेन्दार विद्यार्थीमा सानो भएपनि छात्रवृत्ति सहयोगले पढाईमा हौसला बढोस् भनेर अक्षयकोष स्थापना गरेको हुँ” उहाँले भन्नुभयो ।

नेपाल फर्मासिटीकल्स ल्याव प्रालिका सेल्स म्यानेजर कंडेलले अक्षयकोष मार्फत वार्षिक रुपमा दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो । भुपु विद्यार्थी एवम् रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले दरैठाँटी माध्यमिक विद्यालय भू.पू. विद्यार्थी समाजको कार्यालय सञ्चालनको लागि दराज प्रदान गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विद्यालयप्रति भुपु विद्यार्थीले गरेको सहयोगलाई धन्यवाद दिदै नगरपालिकाले शैक्षिक क्षेत्रमा प्राथमिकता दिएको बताउनुभयो ।

कंडेलले रामतुलसि मावि रामपुर नगरपालिका ५ को स्वर्ण जयन्तीको अवसरमा भुपु विद्यार्थी मन्चद्वारा निर्मित प्रतीक्षालय निर्माणका लागि ५१ हजार चार सय ७० रुपैयाँ सहयोग गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update