Erani Mahal
नुवाकोट गढीलाई पर्यटकीय गन्तब्य बनाउनुपर्नेमा जोड
DSC_0922

पाल्पा - तिनाउ गाउँ पालिका मा रहेको धार्मिक र एतिहासिक महत्व रहेको नुवाकोट गढीमा नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश नं ५ समितिले पर्यटन सम्भावना र यस क्षेत्रको जानकार गराउने उद्धेश्य राखेर खोजी पर्यटन सुरुवात गरेको छ ।

अंग्रेजलाई हराएको ऐतिहासिक जीतगढी किल्लासंग जोडिएको नुवाकोटगढी र ऐतिहासिक महत्वको खोजीमा नेपाल पर्यटन पत्रकार ५ नम्बर प्रदेश कमिटिले चासो दिएको छ । पाल्पाको दोभान देखि ६ किलोमिटर र बुटवलदेखि आठ किलोमिटर सडकको दुरीमा रहेको चुरे क्षेत्रमा पर्ने नुवाकोट गढी क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

बुटवलदेखि नजिकमा रहेको, ऐतिहासिक महत्व बोकेको नुवाकोट गढी क्षेत्रलाई हिल स्टेशनको रुपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको क्षेत्र बनाउन सकिने उनीहरुले उल्लेख गरे । नुवाकोट विकास समितिका अध्यक्ष तथा नेपाल भ्रमण वर्ष सन् २०२० का प्रदेश नं। ५ संयोजक माधव नेपालले जानकारी दिनुभयाे ।

बुटवलको शिरबाट तीन किलोमिटरको दुरीमा नुवाकोटमा केवलकार स्टेशन बनाउन सकिने भन्दै नेपालले नुवाकोट गढी ऐतिहासिक वीर गाथासंग जोडिएको राजा मणिमुकुन्द सेनको आश्रय स्थल भएकाले जीतगढी, मणिमुकुन्द सेन उद्यानसंगै एकृकीत विकासमा ऐतिहासिक नुवाकोट गढीलाई बुद्ध जन्मस्थल लुम्बिनीसंग जोडेर विकास गरिनुपर्ने  पर्यटन क्षेत्रमा कलम चाउने अग्रज पत्रकार चेतन पन्तले बताउनुभयाे ।

प्रदेशका १२ वटै जिल्लामा पुगेर पर्यटन सम्बन्धी गतिविधी संचालन गरेको नेपाल पर्यटन पत्रकारले पाल्पाको नुवाकोट गढीको महत्व संगै ईतिहास खोजेर पर्यापर्यटन का गतिबिधि सन्चालन गरि भएका मठ मन्दीरको संरक्षण र समृद्धनमा कलम चलाउन पर्ने नेपाल पर्यटन पत्रकार ५ नम्बर प्रदेशका महासचिव कपिल ज्ञवालीले जानकारी दिनुभयाे ।


अंग्रेजलाई हराएको ऐतिहासिक जीतगढी किल्लासंग जोडिएको यो नुवाकोटमा रहेका ऐतिहासिक संरचनाहरुको जीर्णेद्धार गरेर यसलाई प्रदेश ५ को एक मुख्य पर्यटनको गन्तब्य बनाउन सकिने पन्तले बताउनुभयाे । नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश नं ५ का अध्यक्ष भुवन कार्की जानकारी दिनुभयाे ।


प्रदेश समितिको पाल्पाको तिनाउ गाउँपालिका९२ नुवाकोटमा बसेको तेस्रो पूर्ण बैठकले पर्यटन बिधामा कलम चलाउने पत्रकार एक जनालाई वर्षमा एक पटक नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । नुवाकोट गढी क्षेत्रमा आधुनिक प्रकृतिका पर्यटकीय संरचना समेट निर्माण गरिने योजना रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update