पाल्पा - बेथल इङ्लिस बोर्डिङ स्कुल तानसेनमा गठित इन्ट्रयाक्ट क्लब अफ बेथल स्कुलको आयोजनमा विद्यालयमा गठित एवं क्रियाशिल विभिन्न क्लब सदस्य तथा पदाधिकारीहरूका लागि नेतृत्व विकास तालिम तथा उद्घाेषण तालिम सम्पन्न भएकाे छ । विद्यालयमा इन्ट्रयाक्ट क्लब, बालक्लब, जुनियर रेडक्रस सर्कल, तेक्वान्डो डोजाङ, साहित्यिक क्लब, ट्राफिक क्लब, स्टुडेन्ड क्वालिटी सर्कललगायत छन् ।
प्रमुख सहजकर्ता तथा विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले आजका विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र प्र¥याप्त नेतृत्व तथा ब्यक्तित्व बिकास संभवन भएकाले बिद्यालय समय भन्दा फरक समय पारेर बिद्यार्थीहरुलाई प्रशिक्षण दिई असल नेता र नेतृत्व विकास, औपचारिक कार्यक्रम सञ्चालन तथा प्रखर वक्ताको रुपमा आफ्ना भनाईहरु प्रस्तुत गर्ने शैलि विकासको लागि यस्ता कार्यक्रम इन्ट्रयाक्ट क्लबले आयोजना गर्न अती सान्दर्भिक रहेको कुरा ब्यक्तगर्नु भयो ।
सारुले लायन्स क्लब, नेल्टा, प्याब्सन जस्ता अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघ संस्थाहरुबाट हासिल गरेकासिप र ज्ञानलाई विद्यालय स्तरका कलिला बिद्यार्थीहरुमा हस्तान्त्रण गरी असल नेतृत्वको बिकासद्वारा समाज रुपान्तरण गर्न सकिने कुरा जानकारी गराउनु भएको थियो ।
कार्यशालामा विद्यालयका क्वालिटी सर्कल इन्चार्ज इना राना, पूर्व अतिरिक्त कृयाकलाप इन्चार्ज निर्मल सोमैले समेत सहजीकरण गर्नु भएको थियो । बिद्यार्थीहरुलाई सैद्दान्तिक ज्ञानको प्रशिक्षण पश्चात सिकेका बिषयबस्तुहरुको प्रयोगात्मक अभ्यास समेत गराइएको थियो ।
सो अवसरमा विद्यार्थीहरु हाउस क्याप्टेन संगम बस्याल, स्मिता बस्नेत, जुरेस अध्यक्ष महेश घर्ती, तेक्वान्डो क्लब अध्यक्षअशोक सारुले बेथल स्कुलले अन्य बिद्यालय भन्दा फरक तरिकाले बिद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा प्रस्फुटनको लागि नेतृत्व तथा प्रतिभाकाे विका गर्ने कार्यशालाको आयोजना गरेकोमा खुशी ब्यक्त गरेका थिए । उनीहरूले यस्ता कार्यक्रम नियमित रुपमा र अन्य बिद्यार्थीहरुको लागि पनि आयोजना गर्दा राम्रो हुने बताए ।
कार्यशालामा १ सय ३ जना विद्यार्थीहरु सहभागी रहेको कार्यक्रममा इन्ट्रयाक्ट क्लबका डाइरेक्ट्र शिशिर कुमार रुचालको स्वागत एवं क्लबका उपाध्यक्ष साधना हुमागाईको अध्यक्षता तथा कोषाध्यक्ष प्रथम कोइरालाको सञ्चालमा सम्पन्न भएको थियो ।