Erani Mahal
सहकारीकाे क्षमता विकास र व्यवस्थापन बारे तालिम
66175182_843255362712257_7884095779629957120_n

पाल्पा- निस्दी गाउँपालिका पाल्पामा सहकारीहरुका लागि क्षमता बिकास तथा व्यवस्थापन तालिम शनिबार सम्पन्न भएको छ । जनपरिचालन केन्द्र सहलकोट,पाल्पाको आर्थिक सहयोग र निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोगमा तालिम सन्चालन भएको हो ।

असार २० र २१ गते २ दिन सम्म संचालन भएको तालिम जनता मावि गल्धा पाल्पाको सभा हलमा भएको हो।तालिममा सहकारी शिक्षाको महत्त्व,कार्यसमितिको काम कर्तव्य र अधिकार बारे जानकारी गराइएको थियो।तालिममा निस्दी गाउँपालिका भित्रका १९ वटा सहकारीका ४५ जनाको सहभागिता रहेको थियो।

तालिमको सहजीकरण जिल्ला सहकारी संघ पाल्पाका सचिव भुपति पाण्डे र शिव आत्रेयले गर्नुभएको भएको हो। तालिमको आज अन्तिम दिन आज परिचालन केन्द्रका कार्यकारी निर्देशक देवीलाल लामीछानेको अध्यक्षतामा चलेको थियो।

निस्दी गाउँपालिका वडा नम्बर-५,गल्धाका वडाध्यक्ष भिम बहादुर बयम्बु प्रमुख अतिथी रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बयम्बुले सहकारी शिक्षा आजको आवस्यकता रहेको बताउदै प्रत्येक घरमा सहकारी पुग्नुपर्नेमा जोड दिनुभएको थियो।कार्यक्रममा निस्दी समन्वय समितिका अध्यक्ष नरेश सुनारी,तिरन श्रेष्ठ लगायतकाले बोल्नुभएको थियो भने कार्यक्रमको सन्चालन शिव आत्रेयले गर्नुभएको हो ।

प्रकाशित मिति: शनिबार, असार २१, २०७६  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update