पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर ३ झिरुबासको खादरका कृषकहरु घरपालुवा जनावर बंगुर धमाधम मर्न थालेपछि चिन्तामा परेका छन।
गएको फागुनदेखि अहिलेसम्ममा यहाँका कृषकहरुको २० वटा बंगुर मरिसकेको छ। शुरुशुरुमा २/३ वटा मरेकोमा खासै ख्याल गरेनौ अहिले धेरै संख्यामा मर्न थालेपछि हामी अचम्मित परेका छौं स्थानीय ओमलाल थापाले भन्नुभयो।
यसरी धेरै संख्यामा बंगुर मर्न थालेपछि आफुहरुले रोग परिक्षण गर्दा कुनै किसिमको रोग तथा संक्रमण नदेखेको र पदके रोग हुब सक्ने शंका गरेको निस्दी गापालिका पशु शाखा संयोजक ओम मश्राङ्गीले बताउनुभयो ।
यसको बारेमा थप अनुसन्धान गरि रोग पत्ता लगाउनको लागि भेटेनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र पाल्पामा सिफारिस गरि पठाएको झिरुबासका वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६ २१:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय