Erani Mahal
टेलिकमकाे टावरले काम नगर्दा फाेन र इन्टरनेट सेवाबाट बञ्चित

पाल्पा - मोबाइल फोनको टावरले काम नगर्दा यहाँका बासिन्दा फोन र इन्टरनेट सेवाबाट बञ्चित भएका छन् । नेपाल टेलिकमको टावर नहुँदा जिल्लाको माथागढी गाउँपालिका वडा नं. ५ र ६ का स्थानीय बासिन्दा फोन र इन्टरनेट सेवाबाट बञ्चित भएका हुन् । 
माथागढीको दुई वडाका दश बढी गाउँमा अहिले पनि टावर बिस्तार नहुँदा फोन सेवाबाट स्थानीय बासिन्दा बञ्चित छन् । माथागढी वडा नं. ५ को हात्तीलुङ्, माौलाथर, ढाडकुन, बंशीडाँडा, मझुवा, तारुक, बगबास, दमार, माथा गाउँ मोबाइल सेवाबाट बञ्चित भएका छन् । यस्तै वडा नं. ६ को केही गाउँमा पनि मोबाइलको टावरले काम नगरेको स्थानीय बासिन्दाको गुनासो छ ।  
टेलिकमको टावरले काम नगर्दा आफूहरूले फोन सेवासमेत प्रयोग गर्न नपाएको स्थानीय बाासिन्दा टोपकुमार सारुले गुनासो गर्नुभयो । ‘नेपाल टेलिकमको टावर वडा नं. ६ को भुटुकेमा छ तर त्यसले वडा नं. ६ कै केही गाउँ र वडा नं. ५ का सबैजसो गाउँमा टावर नटिप्ने समस्या छ उहाँले भन्नुभयो ।’ टावरले काम नगर्दा मोबाइलमा पाइने इन्टरनेट सेवाबाट समेत आफूहरू बञ्चित भएको सारुको भनाई छ । telicom-samasya-palpa-1733234143.jpg

यस भेगका लागि छुट्टै टावर राख्नुपर्ने भएपनि हालसम्म पनि टावर स्थापना नभएको जनप्रतिनिधि बताउँछन् । यहाँका बासिन्दाको पहुँच पुग्ने गरी टावर स्थापना गर्न टेलिकसँग पहल भइरहेकाे माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । टेलिकमसँग सहजीकरण गरेर त्यस क्षेत्रमा नयाँ टावर राख्नका लागि पहल भइरहेकाे र अब तत्कालै काम हुने जानकारी उहाँले दिनुभयाे । 
स्थानीय बासिन्दा फोनसेवा लिन अर्कै गाउँमा जानुपर्ने बाध्यता रहेको छ । नेपाल टेलिकमले भने यो वर्ष टावर बिस्तार गर्ने योजना रहेको जनाएको छ । यो वर्ष त्यस भेगलाई समेट्ने गरी टावर राख्नका लागि पालिकासँग छलफल भइरहेको नेपाल टेलिकम पाल्पाका सूचना अधिकारी श्रीराम रेग्मीले बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update