Erani Mahal
पुस्तक व्यवसायीको राष्ट्रिय जागरण अभियान पाल्पाबाट सुरु

पाल्पा - नेपाल पुस्तकतथा स्टेशनरी ब्यबसायी महासंघको राष्ट्रिय जागरण अभियान पाल्पाबाट सुरुभएको छ । राष्ट्रिय जागरण अभियान अन्तरगत लुम्बिनी प्रदेशको अभियान पाल्पाको तानसेनबाट सुरु भएको हो । आजबाट सुरुभएको अभियान मंसिर ८ गते समापन हुने छ । 
राष्ट्रिय जागरण अभियानको सुरुवातगर्दै नेपाल पुस्तकतथा स्टेशनरी ब्यबसायीमहासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटीले ब्यबसायीहरु बीचभाईचारा, ब्यबसायको बृद्धि बिकास, तथा सांगठनिक सुदृढीकरण गर्दै सामाजिक र ब्यबसायीक भूमीका स्थापितगरि एक ब्यापक, सुदृढ र गतिशील संगठनको रुपमा स्थापित गराउने उद्धेश्यका साथ राष्ट्रिय जागरण अभियानको सुरुवात लुम्बिनी प्रदेशको सुन्दर नगरी तानसेनबाट सुरुभएको बताउनुभयो ।
उहाँले जागरण अभियान अन्तरगत सबै जिल्लामा पुगेर ब्यबसायीहरुबाट आएको सुझाब अनुसार नयाँ कार्ययोजना लिएर केन्द्रिय समितिले यो अभियानथालेको बताउनुभयो । उहाँले देशभरी रहेका पुस्तक तथा स्टेशनरी ब्यबसायीहरुलाई ब्यबसायीकहित, कर शिक्षा, ब्यबसायीकएकता, लगायतका बिषयमा जानकारी गराउर्दै सबै पुस्तकतथा स्टेशनरी ब्यबसायीहरुलाई गोलबन्द्ध गर्ने अभियानभएको बताउनुभयो । बरिष्ठ उपाध्यक्ष शिवाकोटीले ब्यबसायीको दुख सुखमा सधै महासंघले साथ दिने बताउनुभयो । 
महासंघका लुम्बिनीप्रदेश अध्यक्ष हेमानन्द शर्माले ब्यबसाय सफलपार्न महिलाको ठूलो भूमीका रहेकाबताउदै माघमा पोखरामा हुन लागेको महासंघको राष्ट्रिय साधारण सभाको अवसरमा महिला उपसमितिले महिला ब्यबसायीहरुलाई तालिमको आयोजना गरेको जानकारी गराउनुभयो । प्रदेश अध्यक्षशर्माले अनुशासित र सम्मान योग्य ब्यबसायको रुपमा पुस्तकतथा स्टेशनरी ब्यबसायीहरु रहेकाले यो गरिमाकायम राख्दै जानुपर्ने बताउनुभयो ।उहाँले ब्यबसायमामन्दीको अबस्थाआएकाले सबै ब्यबसायीहरुलाई सचेत भएर ब्यबसाय बचाई राख्न सुझाब समेत दिनुभयो । 
कार्यक्रममा रुपन्देही जिल्ला अध्यक्ष गोपाल बस्यालले जागरण अभियानको समापन रुपन्देही जिल्लाले भब्य रुपमा बुटवलमा सम्पन्नगर्ने बताउनुभयो । 
कार्यक्रममा पाल्पाका निर्वतमान अध्यक्ष किशोर भट्टराईले जिल्लाको ब्यबसायिक बस्तुस्थितिको बिषयमा जानकारी गराउनु भएको थियो । जिल्लाका सल्लाहाकार राजेन्द्र लिगलले जागरण अभियानलाई सफलताको शुभकामना दिनुभयो ।कार्यक्रममा पाल्पाका संस्थापक अध्यक्षतथा पुरानाब्यबसायी केदारलालश्रेष्ठलाई दोसल्लाले सम्मानगरिएको थियो । 
कार्यक्रम लुम्बिनी प्रदेश अध्यक्ष हेमानन्द शर्माको अध्यक्षता, पाल्पाअध्यक्ष रामप्रसाद पन्थीको स्वागत र पाल्पा सचिब बिष्णु खनालको संचालनमा सम्पन्न भएको हो ।   

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update