Erani Mahal
माओवादीलाइ सरकारमा जाने हताराे छैन  : श्रेष्ठ

पाल्पा -  नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले माओवादी केन्द्र सरकारमा जान नहतारिने बताउनुभएको छ । उहाँले माओवादी पार्टी जनता माझ गएर पुनर्गठनमा लाग्ने बताउनुभयो। पाल्पाको तानसेनमा पार्टीका अगुवा कार्यकर्तासंगको भेटमा बाल्दै उहाँले माओवादीले हालसम्मका उपलब्धि संस्थागत गर्नका लागि पार्टी भित्र र बाहिर व्यापक छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

 

माओवादी पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफनै पार्टीलाई पूर्नगठन र रुपान्तरण गर्नुपर्ने बताउँदै एजेण्डा मिल्नेहरुसंग एकता गर्ने तयारी रहेको बताउनुभयो । उहाँले सदन र सडकबाट जनताका आवाज उठाउने र समाजवादी मोर्चालाई पनि अगाडी बढाउने पक्षमा माओवादी पार्टी रहेको बताउनुभयो ।

 

 

उहाँले माथिदेखि तल्लो तहसम्म पार्टी पुर्नरसंरचना गरी थप बलियो बनाउने र सरकारमा हुँदा सुरु गरेका कामलाई कार्यान्वय गर्नका लागि लागि पर्ने बताउनुभयो। माओवादीले राम्रो काम गरेकै कारण काग्रेस एमाले मिलेर सरकारबाट बाहिर लगेपनि उनीहरुले जनपक्षीय काम गर्न नसकेको आरोप लगाउनुभयो । 

 

माओवादीले अब तत्काल एकता गर्न सम्भव हुनेहरूलाई एकता गरी अगाडि बढ्ने, समाजवादी मोर्चालाई पनि एकसाथ अगाडि बढाउने र  जिल्ला प्रदेशस्तरमा सरकारको विरुद्धमा खबरदारी सभा गर्ने उपाध्यक्ष श्रेष्ठले बताउनुभयाे  ।

 

माओवादीले ठूलो पदमा रहेका भ्रष्टाचारीलाई पक्राउ गरेर जेल हालेको र अझै ठूला भष्ट्राचारको पक्रने तयारी हुँदै गर्दा सरकार ढालिएको बताउनुभयाे । श्रेष्ठले अब जनताले सडकबाटै खबरदारी गर्नुपर्ने समय आएको  बताउँदै उहाँले  'अहिले पनि ठूला भष्ट्राचारीहरु सरकार सत्ताको आडमा रमाएका छन्, दिनहुँ विभिन्न काण्डमा लागेकाले जनस्तरबाटै त्यस्ता व्यक्तिविरुद्ध आवाज उठाएर कारवाहीको दायरासम्म लैजानु पर्छ' भन्नुभयाे । 

 
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update