पाल्पा - आठौँ मण्डली कप सुरु भएको छ । बुधबारदेखि पूर्वखोला–१, सिलुवास्थित भलिबल मैदानमा आठौँ मण्डली कप सुरु भएको हो ।
एक लाख ५० हजार रुपियाँ राशी पुरस्कार रहेको प्रतियोगितामा छ समूहको सहभागिता रहेको छ । प्रतियोगितामा दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ७० हजार रुपियाँसहित मेडल, प्रमाणपत्र पाउने क्लबका अध्यक्ष अन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उद्घाटन खेल आयोजक मण्डली स्पोर्टस् क्लब र जिल्ला भलिबल सङ्घबिच भइरहेको छ । प्रतियोगितामा महिला समूहबिच पनि प्रतिस्पर्धा हुने क्लबका सचिव कृष्ण पङ्गेनीले जानकारी दिनुभयो । महिलातर्फ पहिलो हुनेले भने ३० हजार रुपियाँको पुरस्कार राशि रहेको छ । खेलमा उत्कृष्ठ खेलाडीलाइ पनि नगदसहित सम्मान गरिनेछ ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्यले गर्नुभयो । खेल क्षेत्रको विकासका लागि क्लबले हरेक वर्ष सञ्चालन गर्दै प्रतियोगिता सह्रानीय रहेको उहाँले बताउनुभयो ।
यस्तै प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ, गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापालगायतले खेल क्षेत्रले राष्ट्रिय एकतालाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास गर्नुभयो । प्रतियाेगिताका लागि पूर्वखाेला गाउँपालिका, पाल्पाली समाज युराेप, भारतीय हाेटल व्यवसायी, पाल्पाली समाज युएइ, गाेपाल ज्ञवाली पूर्वखाेलाले सहयाेग गर्नुभएकाे छ । खेलसँगै सांस्कृति संरक्षणका लागि सांस्कृतिक कार्यक्रम हुने क्लबले जनाएकाे छ । सांस्कृतिक कार्यक्रममा लाेकदाेहाेरी कलाकार श्याम राना, रामेश्वर ढकाल, लालुमाया पुन, विनाेद अर्याल र ताेया विकलगायतकाे प्रस्तुती रहनेछ । उद्घाटन सत्र क्लबका उपाध्यक्ष युद्ध बहादुर बीरकट्टाकाे स्वागत, क्लबका अध्यक्ष श्रेष्ठकाे अध्यक्षता र सचिव पंगेनीकाे संचालनमा भएकाे थियाे । खेल कात्तिक २४ गतेसम्म संचालन हुनेछ ।