Erani Mahal
लक्ष्मी जयन्तीकाे अवसरमा प्रतीभा संगम कार्यक्रम

पाल्पा - वाङमय प्रज्ञा प्रतिष्ठान पाल्पाको आयोजनामा ११६ औं लक्ष्मी जयन्ती कार्यक्रम तानसेनमा सम्पन्न भएकाे छ ।   कार्यक्रममा उपप्राध्यापक डा. टंक पन्थले महाकवि देवकोटाले नेपाली साहित्यमा पु-याएको योगदानको चर्चा गर्दै राष्ट्रकवि माधव प्रसाद घिमिरेले भानुभक्त आचार्यको आदिकवि र देवकोटाको महाकवि सम्मान जनअनुमोदित भएको बताएको उल्लेख गर्नुभयो ।

त्यसैगरी नाटककार बालकृष्ण समका शब्दमा महाकवि देवकोटा तीन पटक जन्मिएका छन् ः मुनामदन, शाकुन्तल र पागल कवितामा डा. पन्थले देवकोटाको बहुआयामिक दृष्टिकोण उनका विभिन्न कृतिमा पाइने तथ्य उदाहरणसहित प्रस्तुत गर्दै देवकोटा मानवतावादी, भौतिकवादी, प्रगतिवादी र मूलतः सामाजिक एवम् मानवीय विकृतिहरू माथि प्रहार गर्ने ब्यक्ति भएको बताउनुभयाे ।prativba-sangam-pgm-1730427503.jpg

महाकवि देवकोटाका जीवनका रोचक प्रसंगहरू कोट्याउँदै प्रतिष्ठानका अध्यक्ष गोपालप्रसाद वश्यालले देवकोटा नेपाली साहित्यका अतुलनीय, सर्वमान्य र विलक्षण प्रतिभाका धनी ब्यक्तित्व मात्र होइनन् उहाँको जीवनचाखलाग्दा घटनाहरूले भरिएको बताउनुभयाे । देवकोटामा भएको आँसुकवि प्रतिभा, नेपाली र अंग्रेजीदुवै भाषामा अत्यन्तै उत्कृष्ट कृतिहरू सिर्जना गरेका, स्वच्छन्दवादी कविता, निबन्ध, नाटक, कथा लगायत विधामा उत्कृष्टता देखाएका देवकोटाको विराट प्रतिभा नेपालले पाउनु सौभाग्य भएको अध्यक्ष वश्यालले बताउनुभयाे ।
कार्यक्रममा साहित्यकारहरू डा. टंक पन्थले देवकोटा सम्बन्धी कविता, डा. शंकर गैरेले गजल, कविआर बि निश्चलले प्रदेशबाट फर्कन आह्वानसहितको गद्यकविता, प्रगतिशील लेखक संघका अध्यक्ष रामप्रसाद अर्यालले मुक्तकहरू, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर राज रेग्मीले वीर तथा श्रृंगारिक रसकाशीतहरू, साहित्यकारहरू धातानन्दशर्माले देवकोटाको अन्तिम कविता वाचन र लक्ष्मी माविको सम्झना कविता, गोम बिक्रमले चाडपर्व विशेष मुक्तक र लघुकथा, रोहित ज्ञवालीले गुलेली कविता, युवाकविशंकर ढकालले संस्कृत भाषामा देशप्रेम कविता, धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, जनतामा. वि.का प्रधानाध्यापक हरि प्रसाद घिमिरे र राम ज्ञवालीले कविता वाचन गरे भने प्रतिष्ठानका सचिव गणेश नेपालीले गजल प्रस्तुत गर्नुभएकाे थियाे । 
प्रतिष्ठानका अध्यक्ष वश्यालको अध्यक्षता र सचिव गणेश ज्ञवालीको सञ्चालन काचलेको कार्यक्रममा प्रमुख अतिथि जनता माविका प्रधानाध्यापक हरि प्रसाद घिमिरे र शिक्षक राम प्रसाद ढकालले शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा सबै साहित्यकारहरूले तिहार, नेपाल सम्बत् र छठ पर्वका उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्नुभएकाे थियाे । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update