पाल्पा – ११६ औँ लक्ष्मी जयन्तीको अवसरमा बृहत् साहित्यिक समारोह तानसेनमा सम्पन्न भएको छ । साहित्यक समारोहमा विभिन्न जिल्लाका २९ जना साहित्यकारहरूले रचना वाचन गर्नुभएको थियो । साहित्यकारहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा समेत चर्चा गर्नुभएको थियो ।
साहित्यिक समारोहका प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य एवं राज्यका निर्देशक सिद्धान्त निती र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितिका सभापति ठाकुर गैरेले साहित्यक क्षेत्र समाज रुपान्तरणको माध्यम् भएको बताउनुभयो । उहाँले देवकोटाका रचनाहरूले राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो ।
साहित्य केवल गाइने सुनाइने मात्रै नभएर समाज परिवर्तन र रूपान्तरणको साधक पनि भएको उहाँको भनाई छ । लुम्विनी साहित्य संगम, लुम्बिनी प्रदेश समितिको आयोजनामा भएको सम्मेलनमा साहित्यकार डा. कृष्णराज डिसीले महाकवि देवकोटाको कृतित्व र ब्यक्तित्वको योगदानबारे चर्चा गर्नुभयो ।