Erani Mahal
‘द जर्नी एण्ड अदर पोएम्स्’को विमोचन

पाल्पा – वाङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पाका अध्यक्ष गोपाल प्रसाद वश्यालले आफ्ना पिता गुणाखर वश्याल र माता यमकला वश्यालको चौरासी पुजाका दिन अंग्रेजी भाषामा लेखिएका कविताहरूको सँगालो ‘द जर्नी एण्ड अदर पोएम्स्’को बिमोचन गरिएको छ । आमाबुबाको चौरासीमा उपस्थित पाहुनाहरूले उहाँको कविता सङ्ग्रह विमोचन गर्नुभएको हो । 
विमोचन कार्यक्रममा कृतिकारका बुबाआमा, लुम्बिनी प्रदेश सभाका सदस्य वीरबहादुर राना, रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारी, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक भट्टराईले संयुक्त रुपमा कृति विमोचन गर्नुभयो । krit-palpa-1730168422.jpg

कृतिको विमोचन गर्नुहुँदै प्रदेशसभा सदस्य रानाले लेखक वश्यालले शिक्षा र साहित्यका क्षेत्रमा गरेको योगदान र नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुहुँदै सर्जकले समाजलाई असल बाटोमा लैजान मद्दत गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा साहित्य रचनागर्ने कविवश्यालले यस कृतिमा विभिन्न समयमा लेखिएका २७ वटा कविताहरू समावेश गर्नुभएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update