Erani Mahal
नागरिककाे सेवा पहिलाे प्राथमिकता : प्रजिअ काफ्ले

तानसेन – पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले आफूले १० महिनाको अवधिमा नागरिकको सेवालाई ध्यानमा राखेर काम गरेको बताउनुभएको छ । आफू मातहतको प्रशासन कार्यालयको सेवा प्रभावकारी, नागरिकमैत्री र प्रविधिमैत्री बनाएको उल्लेख गर्नुभयो । सरूवा भएर गृह मन्त्रालय जान थाल्नुभएका प्रजिअ काफ्लेले पत्रकारहरूसँगकाे भेटघाटमा साे कुरा बताउनुभएकाे हाे ।  
जिल्लाका स्थानीय पालिका र जनप्रतिनिधिसँगको समन्वयमा विकास निर्माणका काम समयमै गर्न आफूले समन्वयको भूमिका निर्वाह गरेको प्रजिअ काफ्लेले जानकारी दिनुभयो । आफ्नो क्षेत्राधिकार र समन्वयको पाटो हेरेर आफूले निष्पक्ष भएर काम काफ्लेले दावी गर्नुभयो ।

prajiaa-1730080056.jpg

विपद्का घटना हुनपूर्व नै पूर्व सतर्कता र तयारी गरिएको, अबरुद्ध सडक समयमै खुलाउने, दुर्घटना न्युनीकरण, आत्महत्या न्युनीकरणजस्ता समस्यामा आफूले सबै पक्षसँग समन्वय गरेर सकेको काम गरेको उहाँको भनाई छ । सरकारी कार्यालयको काम चुस्तदुरुस्त र पारदर्शी गर्ने क्रममा आफूले केही कार्यालयसँग अडान राखेरै काम गराउन सफल भएको प्रजिअ काफ्लेले बताउनुभयो । प्रजिअ काफ्लेको गत शुक्रबार गृह मन्त्रालयमा सरुवा भएको छ । पाल्पामा नयाँ प्रजिअको रुपमा तोयानारायण सुवेदी आउनुहुने भएको छ ।  

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update