Erani Mahal
शिक्षा याेजना निर्माणका लागि सराेकारवाला पक्षसँग छलफल

पाल्पा - माथागढी गाउँपालिकाले गाउँ शिक्षा याेजना निर्माणका लागि सराेकारवाला पक्षसँग छलफल गरेकाे छ । गाउँपालिकाले आगामी दिनमा लागू गर्न सकिने शिक्षाका याेजनाबारे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक सङ्घका अध्यक्ष र प्रअसँग छलफल गरेकाे हाे ।mathaaa-1729777946.jpg
 

छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले गाउँपालिकाकाे शिक्षा क्षेत्र सुधारका लागि सबैकाे अपनत्व हुने गरी गाउँ शिक्षा याेजना बनाउन लागेकाे बताउनुभयाे  । उहाँले पालिकाका विद्यालय र नतिजा सुधारका लागि याेजना र बजेट निर्माण गरेकाे बताउनुभयाे । अध्यक्ष चिदीले पालिकाले विगत वर्षदेखि नै अभिभावक बिहीन बालबालिकाकाे पठनपाठनकाे जिम्मेवारी लिएकाे, याे वर्षदेखि कक्षा ६ सम्म दिवा खाजाकाे व्यवस्था गरेकाे, प्रअलाई प्राेत्सहन भत्ताकाे व्यवस्था गरेकाे उल्लेख गर्नुभयाे । शिक्षक, विव्यसका लागि ब्रिटिस काउन्सिल र सामाजिक स्राेत विकास केन्द्र नेपालकाे सहयाेगमा तालिम संचालन गरेकाेले आगामी दिनमा शिक्षा क्षेत्र सुदृढ हुने उहाँकाे विस्वास छ । 

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चे, प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष शंकर दर्लामीले माथागढीकाे शैक्षिक अवस्था सुधार गर्न सबैकाे सहकार्य आवश्यक रहेकाेमा जाेड दिनुभयाे । कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालकाे तर्फबाट विज्ञ गुणराज माेक्तानले सहजीकरण गर्नुभएकाे थियाे । कार्यक्रम सामाजिक विकास समितिका संयाेजक राजकुमार पन्थीकाे अध्यक्षता, शिक्षा शाखा प्रमुख प्रेमबहादुर बाह्रघरेकाे स्वागत र शिक्षा प्राविधिक सहायक एलिना थपलियाकाे संचालनमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा विद्यालय संचालन एवं ्व्यवस्थापनमा देखिएका समस्या, समाधानका उपाय, सामाजिक परीक्षण, पारदर्शिता र जवाफदेहिता, अभिभावककाे गुनासाे सम्बाेधन लगायतका विषयमा छलफल भएकाे थियाे । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update