Erani Mahal
आठौँ मण्डली कप कात्तिक २१ गतेदेखि हुने

पाल्पा - पूर्वखोला-१, सिलुवामा  आठौँ मण्डली कप हुने भएकाे छ । यही कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतियाेगिता हुन लागेकाे हाे । मण्डली स्पोर्ट्स क्लब पूर्वखोलाकाे आयाेजनामा प्रतियाेगिता हुन लागेकाे क्लबका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे ।  

प्रतियाेगितामा पुरूषतर्फ र महिला तर्फकाे भलिबल खेल हुनेछ । पुरूषतर्फ १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ। यस्तै महिलातर्फ भने ३० हजार रूपियाँ रासीकाे पहिलाे पुरस्कार हुने अध्यक्ष श्रेष्ठले बताउनुभयाे । 

आइतवार तानसेनमा पत्रकार सम्मेलन गरी यही कात्तिक २१ देखि २४ गतेसम्म खेल सञ्चालन हुने श्रेष्ठले जानकारी दिनुभयाे । खेल सिलुवास्थित मण्डली मैदानमा  शानदार रूपमा हुने हुनेछ।mandalii-1729472297.jpg

पुरुष भलिबलतर्फ प्रथम हुनेले १ लाख ५० हजार नगद, मेडल र प्रमाणापत्र पुरस्कार प्राप्त गर्नेछ। द्वितीय हुनेले १ लाख, तृतीय हुनेले ७० हजार र सान्त्वना हुनेले ३५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ठ खेलाडीलाइ पनि नगद सहित सम्मान गरिनेछ ।  

यस्तै महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ नगद र कपका साथै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेले क्लबका सचिव कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयाे । 

पुरुष भलिबलतर्फ ६ टिम सहभागी हुनेछन् भने महिलातर्फ ४ टिमबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी पनि समावेश हुनेछन् । 

वि.स. २०४८ सालदेखि क्रियाशील क्लबले भलिबल प्रतियाेगिताले स्थानीय ठाँउको धार्मिक, सांस्कृतिक प्राकृतिक सौन्दर्य र पर्यटकीय हिसाबले प्रचारप्रसार हुने जनाएकाे छ । क्लबले भलिबल खेलकाे माध्यमबाट राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरकाे खेलाडी तथा रेफ्री बनाउन सफल भएकाे अध्यक्ष श्रेष्ठले बताउनुभयाे । 

प्रतियोगितासँगै बृहत सांस्कृतिक कार्यक्रम हुनेछ ।  यसपटक लाेकदाेहाेरी गायक श्याम रानासहितका कलाकार आउने क्लबले जनाएकाे छ । 

प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च हुनेछ। पूर्वखोला गाउँपालिका र पाल्पाबाट रोजगारीको सिलसिलामा विदेशमा रहेका व्यक्ति सम्मिलित संघसंस्थाले सहयोग गरेकाे क्बलले जनाएकाे छ । क्लबले यसअघि पनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सहभागी गराएर विभिन्न प्रतियोगिता सप्पन्न गरिसकेको जनाएकाे छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update