Erani Mahal
पाल्पामा फरार ५० अभियुक्त पक्राउ

तानसेन – प्रहरीले एक वर्षको अवधिमा ५० जनालाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्तलाई प्रहरीले ५० जना अभियुक्तलाई पक्राउ गरेको हो । 
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद तथा जरिमाना भुक्तानी गर्न बाँकी रहेका अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो । ५० जना फरार अभियुक्तले १२ वर्ष सात महिना २१ दिन कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । गत आव २०८०/०८१ मा फरार अभियुक्त पक्राउ गरिएको उहाँको भनाई छ । 
यस्तै उनीहरूबाट सम्बन्धित कार्यालयबाट ८७ लाख एक हजार ४१३ रुपियाँ जरिमाना रकम समेत अशुल गरिएको प्रनाउ उहाँले बताउनुभयो । मानव वेचखिन, हत्या, बैकिङ् अपराध, बहुविवाह, जजकलगायतका मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेर अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । 
यस्तै प्रहरीले गत आवमा विभिन्न मुद्दामा १६४ जना आरोपीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दाको अनुसन्धानको क्रमममा १६४ जनालाई पक्राउ गरी आवश्यक कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । प्रहरीले गत आवमा २९० वटा मुद्दा दर्ता गरेको छ । विभिन्न आपराधिक घटनालाई प्रहरीले मुद्दाको रुपमा दर्ता गर्ने गरेको छ । 
विगतको वर्षको तुलनामा पछिल्लो समय पाल्पामा आपराधिक घटना बढ्दै गएको प्रहरी उपरीक्षक चन्दले जानकारी दिनुभयो । पछिल्लो समय बैकिङ् कसुर, सवारी ज्यान मुद्दा, चोरी, विद्युतीय अपराधका मुद्दा बढेको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update