Erani Mahal
प्रहरी दिवसमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई सम्मान

पाल्पा - प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ । जिल्लाको विभिन्न स्थानमा ड्युटी समयमा बेला इमान्दार भएर उत्कृष्ट सेवा गरेका प्रहरीलाई ६९ औँ प्रहरी दिवसमा बुधबार तानसेनमा सम्मान गरिएको हो ।  यस्तै विभिन्न प्रतियाेगितामा विजयी खेलाडीलाइ पनि सम्मान गरिएकाे थियाे । 
यस्तै अमर प्रहरी परिवारलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमिक्त प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । अमर प्रहरी परिवार, नेपाल प्रहरीमा कार्यरत उत्कृष्ट सेवा प्रवाह गर्ने प्रहरी एवं विभिन्न सङ्घसंस्थालाई पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले र निमिक्त प्रहरी प्रमुख मल्लले सम्मान गर्नुभएको हो । 

samman-police-1729129337.jpg

463037999_847459410891892_3711171397054500377_n-1729129336.jpg


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काफ्लेले सिंहदरबारदेखि जनताको घरदैलोसम्म प्रहरी पुगेको बताउनुभयो । प्राकृतिक विपद्, मानवीय दुखपीडामा नेपाल प्रहरीले जनतालाई निरन्तर सेवा दिँदै आएको उहाँको भनाई छ । पूर्व प्रहरी सङ्गठनका केन्द्रीय सदस्य मुक्तिराम शर्माले प्रहरीलाई स्रोतसाधन र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अमर प्रहरी परिवारकाे तर्फबाट सीता जिसी, तानसेन ४ का वडाअध्यक्ष हेमन्तराज शाक्यलगायतले बाेल्नुभएकाे थियाे । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update