Erani Mahal
बौघापोखराथोकमा सरसफाई सम्पन्न

पाल्पा - तानसेन नगरपालिका वडा न १२ को वौघापोखराथोकमा जनश्रमदानबाट सरसफाई गरिएको छ । नेपालीहरुको महान चाड विजया दशैको अवसर पारेर साविकको वडा न १ वौघापोखराथोकमा सरसफाई गरिएको हो ।
स्थानीय वासिन्दाहरुको सक्रियतामा तीन समूह बनाएर सरसफाई गरिएको थियो । एउटा समूहले तिनकुर्मे डहर देखि चेचीकोट दरवार,रनतपाण्डे मन्दिर हुदै चण्डिभन्ज्याङ सम्मको बाटो वरपर सरसफाई गरेको थियो । यसैगरी अर्काे समुहले वडा कार्यालय भवन देखि झेरुवन हुँदै धारा सम्म सरसफाई गरेको थियो । त्यसैगरी अर्काे समूहले देउराली चोकदेखि कोलडाँडा हुदै थाम्काडाँडा जाने बाटो सम्म सरसफाई गरेका थिए ।
सरसफाई कार्यक्रम विहान १० बजे देखि साँझ ४ बजे सम्म चलेको थियो । सरसफाई कार्यक्रमको नेतृत्व तानसेन नगरपालिका वडा न १२ का वडाअध्यक्ष मेजरसि केसीले गर्नुभएको थियो ।
बर्षमा एक पटक मात्र सरसफाई गर्ने नभएर आफनो गाउँमा सामूहिक रुपमा महिनामा एक पटक नभए पनि तीन महिनामा एक पटक गर्नुपर्ने वडाअध्यक्ष केसीले बताउनुभयो । श्रमदानमा ६० घर धुरीका वासिन्दाहरुको सहभागिता रहेको थियो ।  
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update