Erani Mahal
दशैंमा समेत शिक्षकले तलब पाएनन : नेपाल राष्ट्रिय शिक्षक संगठनको विरोध !

पाल्पा – देशका विभिन्न स्थानीय सरकारले दशैंमा समेत शिक्षकलाई तलव नदिएपछि नेपाल राष्ट्रिय शिक्षक संगठनले विरोध गरेको छ । कर्मचारीले प्रत्येक महिनामा तलव भत्ता बुझ्ने गरेता पनि शिक्षकहरुलाई भने तिन महिनाको एक पटक तलब भत्ता भुक्तानी गर्दै आएका स्थानीय तहहरुले अहिले दशैं नजिक आउँदा समेत तलव भत्ता नदिएपछि संगठनले विरोध गरेको हो । 

 


संगठनले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै देशका मधेश, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहले समयमै शिक्षक र कर्मचारीको तलब भत्ता भुक्तानी नगरेको जनाएकोछ । 

 


नेपालको संविधान २०७२ अनुसार राज्यका तीनै तहका सरकारहरूको अधिकार र दायित्वहरूको स्पष्ट व्यवस्था रहेको देखिन्छ। सो अनुसार बालविकास देखि माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने अधिकार स्थानीय तहमा रहेको भन्दै संघीय सरकारबाट विद्यालय शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता निकासा गर्ने दायित्वको रुपमा स्थानीय सरकारलाई सुम्पिएको अवस्था छ । संघीय सरकारबाट उपलब्ध सशर्त अनुदान अनुसार स्थानीय तहहरूले समयमा नै तलब भत्ता वितरण गर्नुपर्नेमा हाल सम्मको प्राप्त जानकारी अनुसार नेपालीहरूको महान चाडपर्वहरू दशैं, तिहार, छठ र नेपाल सम्वत लगायतका महत्त्वपूर्ण अवसरमा समेत निम्न अनुसारका स्थानीय तहहरूले शिक्षकहरूको चाडपर्व खर्च तथा नियमित तलब भत्ता निकासा नगरिँदा आम शिक्षक कर्मचारीहरू समयमानै तलव भत्ता प्राप्त गर्ने अधिकारवाट वञ्चित हुने वातावरण सिर्जना भएका छन् । यस असामान्य परिस्थितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ।

 


नेपालको वर्तमान संविधान २०७२ अनुसार धारा ३३ को रोजगारीको हक र धारा ३४ अनुसार श्रमको हक बमोजिम प्रत्येक शिक्षक श्रमिकलाई उचित पारिश्रमिक सुविधाको हक हुने छ भन्ने व्यवस्था रहेको र संघीय शिक्षा शिक्षा नियमाली २०५९ को नियम १०० र नियम १०१ बमोजिम शिक्षकले आफ्नो पदमा बहाल गरेको मितिदेखि प्रत्येक महिना भुक्तान गरेपछि तलब र भत्ता पाउनेछ भन्ने प्रावधानलाई दृष्टिगत गरी संवैधानिक तथा कानुनी व्यवस्था बमोजिम तत्कालै शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता निकासा गरी लिन माग सम्बन्धित नीय तहहरूमा माग गर्दछौं संगठनका महासचिव हंस बहादुर शाहीद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ । 

 

दशैमा-शिक्षकले-तलव-पाएनन्_page-0001-1728483339.jpg

दशैमा-शिक्षकले-तलव-पाएनन्_page-0002-1728483338.jpg

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update